Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म व्यापार : असारमा कोही छैनन् सुरक्षित

फिल्मीखबर, काठमाण्डौ, 2013/07/19

असार महिना नेपाली फिल्म निर्माताको पक्षमा रहेन । असारको चार शुक्रबार रिलिजको अवसर पाएका अधिकांश फिल्म व्यापारिक रुपमा असफल देखिए । असार रिलिजबाट असुरक्षित हुनेमा पाका निर्देशक तुलसी घिमिरे देखी नवनिर्देशक आशिफ शाह सम्म पर्न आए ।

 

कर्कशको लगानी रिकभरको दौड ओभरसिज रिलिजबाट मात्रै सम्भव भएको हो । यसका निर्माता अशिम शाहले नेपाल रिलिजबाट करिब १८ लाख सेयर हात पारेको बताइन्छ । दृष्टिकोण र नेपथ्य फिल्मका निर्माताले पाँच-पाँच लाख मात्रै हात पारेको वितरक बताउँछन् ।

 

वितरकले दिएको जानकारी अनुसार फिल्म मेरो लभ स्टोरी २०६६ र दबाबका निर्माताले करिब १५ लाखको सेयर हात पारे । नथिङ इम्पोसिबलका निर्माता तथा निर्देशक राजेन्द्र खड्गी १० लाख नजिक सेयरमा खुम्चिए । यौन विषय केन्द्रित फिल्म लभ फरेभरले भने १२ लाख सेयर हात पार्यो । त्यस्तै जीवनलीला, सुट, द् रेप जस्ता फिल्मले ४ लाख पनि सेयर कमाउन सकेनन् । फिल्मी भाषामा यी लेख्नुपर्दा, यी तीन फिल्मको व्यापार सुपर डुपर फ्लपको रह्यो ।


लगातारको बर्षा, नामै नसुनिएका फिल्मको रिलिज र नेपाली फिल्म प्रति दर्शकको बढ्दो दुरीले असार महिना निर्माताका लागी फलदायी हुन सकेन । असार पछि पनि फिल्मको व्यापार सुखद हुनेमा भने ढुक्क हुनुपर्ने स्थिति नरहेको फिल्म बजार बिश्लेषकको टिप्पणी छ ।