व्यापार निराशको भएपनि फिल्म अन्तराल हेर्ने जति दर्शक निराश भएनन् । निर्देशक दिपा बस्नेतको कामलाई फिल्म समिक्षकले समेत राम्रो रेटिङ दिए । अन्तरालको समिक्षात्मक सफलता पछि निर्देशक बस्नेत अर्को फिल्म निर्देशनमा जुटेकी छिन् ।
वर्ष २०१४लाई प्रदर्शनको लक्ष्य लिएर उनी सहित अन्तराल फिल्मकै स्क्रिप्ट राईटर अभिमन्यु निरवी तथा कास्टिङ डिरेक्टर जीवनसाथी बस्नेत दोस्रो फिल्मको प्रि-प्रोडक्सनमा व्यस्त छन् । शोसल ड्रामा वेसको स्क्रिप्टको हाल रफ ड्राफ्टीङ भैरहेको कास्टिङ मास्टर जीवनसाथी बस्नेतले बताए । उनले भने- 'फिल्मले समाज रूपान्तरणको पक्षलाई उठाउनेछ ।' पहिलो फिल्मबाट बजार बुझ्ने मौका पाएको यो टिमको दोस्रो प्रोजेक्टमा स्टार कास्ट समेत रहनेछ ।
'फिल्म बारेको सबै जानकारी हामी दशैं पछि फ्ल्यास गर्ने छौं,' बस्नेतले भने- 'हाम्रो प्रोजेक्टमा फिल्म बजारमा खारिएका व्यक्तिको पनि सहभागिता हुनेछ ।' निर्देशक दिपा, स्क्रिप्ट राइटर निरवी र कास्टिङ डिरेक्टर बस्नेतको दोस्रो प्रोजेक्टमा जीवनसाथी फिल्मस् भन्दा बाहिरी ब्यानरको लगानी रहनेछ । फिल्मको बजेट साठी लाखसम्म रहने जानकारी छ । अन्तराल युनिटको दोस्रो प्रोजेक्ट कस्तो हुन्छ ? पर्खाइको अन्तराल लामो छ ।

