Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशमा नेपाली फिल्मलाई बाटो बन्द ?

फिल्मीखबर, काठमाण्डौ, 2013/07/18

नेपाली फिल्मी मार्केटको सुई नेपालमा भन्दा विदेशी मुलुकमा केही ढिला गरी घुम्दैछ । घाटा सही, नेपालमा फिल्म रिलिजको प्रक्रिया रोकिएको छैन । हप्तामा कम्तीमा दुई नेपाली फिल्मले हलमा प्रतिस्पर्धा गरिरहेका छन् । तर, लुटले बनाएको विदेशी बजारमा अहिले फिल्म सेलिङको प्रक्रिया नै रोकिए जस्तो देखिन्छ ।

 

मुस्किलले विदेश प्रदर्शनको मौका पाएका फिल्मको टिकेट सेलिङ प्लेन चढ्न समेत नपुग्ने सम्बन्धित फिल्मका निर्माताको गुनासो छ । हङ्कङबाट यस्तै गुनासो लिएर फर्किए मैना फिल्मका निर्माता तथा निर्देशक केपी पाठक । एक साता जसो हङ्कङमा बिताएका उनले मैनाको एक शो मात्रै देखाउने मौका पाए । 'मैनाको एक शोमा साढे दुई सय दर्शक पनि थिएनन् होला,' निर्माता तथा निर्देशक पाठकले सुनाए- 'त्यहाँ रहेका नेपालीमा नेपाली प्रतिको उत्साह निकै कम देखें ।'


नेपाली फिल्मको लागि राम्रै बजार मानिएको हङ्कङमा फिल्म खरिद गर्नेको संख्या समेत न्यून हुँदै गएको उनले बताए । उनले भने- 'फिल्म खरिद गर्दाको रकम समेत नउठेपछि फिल्म किन्ने समुह निस्क्रिय रहेको पाएँ ।' नेपाली फिल्म खरिद एवम् व्यापारमा हङ्कङमा मात्रै नभएर अन्य मुलुकमा ह्वात्तै घटेको छ । युके, अमेरिका, अष्ट्रेलिया, कतार, मलेसिया, ईजरायल, बेल्जियम, डेनमार्क जस्ता मुलुकमा नेपाली फिल्मको मार्केट खस्कंदै गएका छन् । अन्य मुलुकमा नेपाली भने फिल्मको व्यापार शून्य जस्तै रहेको बताइन्छ ।

 

चर्को मिडिया हाईप पाएको छड्के पश्चात विदेशी बजारमा नेपाली फिल्मको वितरणमा अत्यन्त कठिन रहेको बुझिन्छ । राम्रो प्रतिक्रिया पाउन सफल फिल्म मञ्जरी, साँघुरो, अन्तराल लगायतका फिल्मले विदेशी शो पाउन ठुले संघर्ष गर्नु परिरहेको छ । विदेशी दर्शकलाई नेपाली फिल्म प्रति आकर्षण बढाउन आयोजकले फिल्म हेरेर मात्रै खरिद गर्नुपर्ने, आफन्त र भाई भतिजा भन्दैमा गुणस्तर हिन फिल्मलाई देखाउनु नहुने जस्ता सुझाव फिल्म पण्डितको छ ।