Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेग्मी र कार्कीको उपचारार्थ बोर्डबाट ७ लाख

फिल्मीखबर, काठमाण्डौ, 2013/07/18

चलचित्र विकास वोर्डले फिल्मकर्मी प्रति कोमलता देखाएको छ । साउन ३ मा बसेको विकास वोर्ड बैठकले वोर्ड सञ्चालक समितिको सिफारिस माथि सहमती जनाउँदै फिल्म निर्देशक शिव रेग्मी र अभिनेता अर्जुन कार्कीलाई उपचारको लागी रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

 

दुई वटै मृगौला फेल भएका निर्देशक रेग्मीलाई ५ लाख र सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुई खुट्टाका औला गुमाएका अभिनेता कार्कीलाई २ लाख रुपैयाँ वोर्डले उपलब्ध गराउने भएको हो । चलचित्र कल्याणकारी कोषको उक्त रकमलाई केही दिनमै निर्देशक रेग्मी र अभिनेता कार्कीलाई वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले हस्तान्तरण गर्ने कार्यक्रम रहेको वोर्ड प्रवत्ता अनुपम निरौलाले फिल्मीखबरलाई जानकारी गराए ।

 

'नेपाली फिल्म क्षेत्र प्रती निर्देशक रेग्मीको योगदान र अभिनेता कार्कीको साहषलाई कदर गर्दै उहाँहरुको उपचार्थ यो रकम निकाशा गरिएको हो', प्रवत्ता निरौलाले भने । दर्जन भन्दा बढी सफल फिल्मका निर्देशक रेग्मीलाई उपचार खर्च उपलब्ध गराउन बिभिन्न संघसंस्था एवम् व्यक्ति लागि परेका छन् ।

 

आफन्त, ए मेरो हजुर, सुख दुःख, कहाँ भेटिएलाका हिट निर्देशक रेग्मीको केही दिनमा ओम हस्पिटलमा एउटा मृगौला प्रत्यारोपण गरिनेछ । निर्देशक रेग्मीका आफ्नै कान्छा भाईले मृगौला दिंदैछन् । यस्तै सञ्चारकर्मी अनुप भट्टराईको पहलमा एनआरएन इशा गुरूङले ५० हजार रूपैंया निर्देशक रेग्मीलाई सहयोग स्वरूप उपलब्ध गराएकी छिन् ।