पूर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री प्रियंका चोपडाको ट्वीटर अकाउण्टले नेपाली अभिनेत्री प्रियंका कार्कीको प्रशंसा गरेको छ । जुलाई १४ तारिखमा बलिउड सुन्दरीले प्रियंका कार्की इज नेपाली प्रियंका चोपडा लेख्दै प्रियंकाको ट्वीटर अकाउन्टमा ट्याग गरिएको छ ।
जुन ट्यागलाई पूर्व मिस टिन प्रियंकाले आफ्नो फेसबुक पेजमा सेयर गरेकी छिन् । नेपाली अभिनेत्रीको प्रशंसा गरिएको उक्त ट्वीटर अकाउन्टलाई प्रियंकाका फ्यान क्लब मेम्वर्सले प्रयोग गर्छन् । टिम प्रियंका नाम दिइएको उक्त ट्वीटरको प्रियंका चोपडा रेगुलर फलोअर हुन् ।

बलिउड बालाले फलो गर्ने ट्वीटरबाट प्रसंशाको ट्वीट पाएपछि नेपाली अभिनेत्री कार्की मख्ख छिन् । भन्छिन्- 'उहाँको ठुलो फ्यान हुँ । उहाँले फलो गर्ने ट्वीटरमा जुन कुरा लेखिएको छ, त्यस्लाई एप्रीसियट गर्नुपर्छ ।' नेपाली अभिनेत्री प्रियंकाले आफ्नो फेसबुकका शेयर गरेको उक्त ट्वीटमा कतिले बलिउड प्रियंका भन्दा नेपाली प्रियंका नै राम्रो भनेका छन् भने कतिले फ्यानले गरेको ट्वीटमा दंग नपर्न सल्लाह दिएका छन् ।
जे होस्, अभिनेत्री चोपडाको प्यानले गरेको ट्वीटमा नै मख्ख परेकी नेपाली अभिनेत्रीले प्रियंका चोपडाले नै ट्वीट गरिन् भने के गर्लिन् ?

