चलचित्र पत्रकार संघ चितवन शाखा अन्तर्गत रहेका सकृय फिल्म पत्रकारहरुको लामो प्रयास पश्चात तत्कालिन कार्यसमिती बिघठन गरी चलचित्र पत्रकार संघ चितवन शाखामा नयाँ नेतृत्व चयन भएको छ ।

चलचित्र पत्रकार संघ केन्द्रबाट उपाध्यक्ष प्रदिप निरौला, कोषध्यक्ष सुमन दाहाल, सदस्य कुबेर गिरीको टोली चितवन पुगी मंगलबार चितवनको नारायणगढमा आयोजित फिल्म पत्रकारहरुको भेलामा नयाँ कार्यसमिती चयन गरिएको हो । भेलाले अध्यक्ष श्यामराज बिकको नेतृत्वमा नौ सदस्यिय कार्यसमिती चयन गरेको छ । जस अर्न्तगत उपाध्याक्ष रमेश क्षितिज, सचिब रबि अधिकारी, सह-सचिब सागर ढुंगाना, कोषाध्यक्ष श्यामसुन्दर गिरी, सदस्यहरुमा ज्ञानेन्द्र तामाङ, संजित क्षेत्री, संदिप भट्ट र सुदन नेपाली रहेका छन् ।

कार्यक्रममा उपाध्यक्ष निरौलाले संघका बिरुद्धमा नकारात्मक र भ्रामक समाचार बाहिर ल्याउने काम भैरहेकोले त्यस्ता समाचारको पछि नलाग्न आग्रह गरे । उनले भने- 'केही समयदेखि केही असन्तुष्ट पक्ष संघको बदनाम गर्न लागी परेका छन् ।' सुरुका समय सक्रिय रहेको चितवन चलचित्र पत्रकार संघ बिगत केही समयदेखि निस्कृय रहेकोले अबका दिनमा सक्रियता पूर्वक कार्य गर्न सुझाव दिए । त्यस्तै कोषाध्यक्ष दाहालले संस्थाका कतिपय बिषयबस्तु गोप्य राख्न नसक्दा कुनै पनि शाखा मात्र नभएर पुरै संगठनलाई असर पर्ने भएकाले आफ्ना आन्तरिक समस्याहरुलाई सामाजिक सन्जालबाट प्रचारबाजी गर्नु भन्दा सबै मिलेर हल गर्न प्रयास गर्नुपर्ने सुझाब दिए ।

कार्यक्रममा उपस्थित अधिकांश पत्रकारहरुले निवर्तमान अध्यक्ष दिपक आचार्यले मनोमानी रुपमा संघ चलाएको र कोषाध्यक्ष दिपेश कडरियाले पारदर्शी रुपमा हिसाब नदेखाएको आरोप लगाएका थिए । यसै सन्दर्भमा निबर्तमान कोषाध्यक्ष दिपेश कडरियाले टेलिफोन संपर्कमा आफुले पैसा नखाएको दाबी गर्दै आफ्नो कार्य अबधीमा भए गरेका सबै हिसाब दिने प्रतिबद्ता जायर गरेका छन् ।
नयाँ कार्यसमितीको सल्लाहकारमा संचारकर्मी तथा निर्देशक सुरेश दर्पण पोख्रेल, पत्रकार दिनेशकुमार थपलिया, हल संचालक मुक्तिलाल पिया, सुनिल कर्माचार्य र निर्माता नारायण खतिवडा रहेका छन् ।

