सञ्चारकर्मी निर्देशक बन्नेको लिस्टमा लक्ष्मण सुवेदी पनि थपिएका छन् । विगत १३ वर्ष देखी सक्रिय रंग पत्रकारिता गर्दै आएका सुवेदीले सलोन फिल्मस् व्यानरको 'एउटा साथी' फिल्मलाई निर्देशन गर्ने छन् । निर्देशक सुवेदी हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकको मनोरञ्जन विटमा कलम चलाउँछन् ।
(1).jpg)
'एउटा साथी'मा निर्देशक शोभित बस्नेतका पुत्र शलोन बस्नेत, रिस्ता बस्नेत, जीवन गुरुङ र शिशिर भण्डारी मुख्य भुमिकामा प्रस्तुत हुँदैछन् । फिल्ममा शंकर पंगेनीको स्क्रिप्ट छ । शलोन फिल्मसको २८ औ प्रस्तुती 'एउटा साथी' निर्माणको औपचारिक जानकारी गराउन आयोजना गरिएको प्रेस मिटमा निर्देशक सुवेदीले भने- 'फिल्मले पूर्ण रुपमा मनोरञ्जन पस्कनेछ । मेरो कोशिस फिल्म राम्रो बनाउने हुनेछ ।'
(1).jpg)
कार्यक्रममा निर्माता शोभित बस्नेतले थपे- 'लक्ष्मणजीले खोट लगाउने गरी फिल्म निर्माण गर्नु हुन्न भन्ने मैले विश्वास लिएको छु ।' पछिल्लो पटक 'टिचर' फिल्म निर्देशन गरेका शोभितले 'एउटा साथी'मा पचास लाख सम्म लगानी गर्नेछन् । 'एउटा साथी'मा अपोजिट क्यारेक्टरको रुपमा प्रस्तुत हुन लागेका सलोन र रिस्ताले फिल्ममा आफुले सक्दो मेहनत गर्ने बताए । त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले निर्माण युनिटलाई सफलताको शुभकामना दिएका थिए ।

टेक बुढाथोकी संगीत एवम् शंकर अधिकारी घायलको शब्द रचना रहेको फिल्म यही भदौको दोस्रो साताबाट फ्लोरमा जाँदैछ । फ्लोर पस्नु अगाडी साउन १७ गते फिल्मको ग्रान्ड मुहर्त कार्यक्रम गरिने बताइएको छ । सिनेमाटोग्राफर फाईनल हुँन बाँकी रहेको 'एउटा साथी'लाई काठमाण्डौ, पोखरा र जोमसोममा खिचिनेछ ।
.jpg)
सञ्चारकर्मी सुवेदीसँगै साप्ताहिकका रंग पत्रकार सुव्रत आचार्य र राजधानी दैनिकका रंग पत्रकार डब्बु क्षेत्रीले पनि फिल्म निर्देशकमा नाम दर्ता गराएका छन् । सुव्रतको फिल्म अधकट्टी प्रि-प्रोडक्सनमा छ भने डब्बुको राहदानी सुटिङ सकाएर पोष्टमा छ । अरुको फिल्मको बारेमा कलम चलाउने पत्रकार आफैले चाहि कस्तो फिल्म बनाउँछन् ? प्रतिक्षाको विषय छ ।


