Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेटौंडामा बर्दी खिचिंदै

मणिराज गौतम, हेटौंडा, 2013/07/16

हेटौंडाका यातयात व्यवसायी बिरेन्द्र डिसी यतिबेला रजतपटमा प्रबेश गरेका छन् । फिल्म बर्दीमा बिरेन्द्र डिएसपीको भुमिकामा देखिंदै छन् । एक्सन भुमिकामा देखापर्न थालेका डिसी आफु सानैदेखी फिल्म क्षेत्रमा लाग्ने चाहना राखेको बताउँछन् ।

 

 

कुमार आचार्यको निर्माणमा बिजय विक्रम बस्नेतले निर्देशन गरिरहेको यो फिल्मको अहिले हेटौंडामा धमाधम छायाँकन भईरहेको छ । नाम अनुसार प्रहरी बिनाको समाज कस्तो हुन्छ ? प्रहरीले कस्तो सुरक्षा समाजलाई प्रदान गरिरहेका छन् ? भन्ने बिषयमा फिल्म निर्माण गरेको निर्देशक बस्नेतले बताए ।

 

 

करिब तीस लाखको बजेटमा निर्माण भईरहेको बर्दी फिल्ममा रुपा खनाल, अनु शाह, कुशल थापा, भानुप्रताप ढकाल, शिब खड्का, दिपक लामा लगायतका कलाकारहरुको अभिनय रहने बताईएको छ । फिल्मको छायाँकन गणेश श्रेष्ठले गरिरहेका छन् ।