नेपाल फिल्म क्षेत्रमा हर्ताकर्ताको रूपमा परिचित नेपाल चलचित्र संघका महसचिव प्रदिपकुमार उदय हाल युरोप भ्रमणमा छन् । एक महिनाको लागि युरोप प्रस्थान गरेका उदय भ्रमण छोट्याएर नेपाल फर्कदैं छन् ।
जर्मनीमा आयोजित लायन्स क्लबको ९६औं बार्षिकोत्सवमा सहभागी हुन पुगेका लायन्स क्लबका सदस्य उदय एक महिना नपुग्दै किन नेपाल फर्कदै छन् त ? उदयका अनुसार चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले भ्रमण छोट्याएर नेपाल आउन आग्रह गरेपछि नेपाल फर्कने तयारी गरिएको हो । फिल्म उद्योगमा भैरहेको गतिविधिमा महासचिवका हैसियतले गहिरो दख्खल भएका कारण उदयलाई अध्यक्ष पोखरेलले स्वदेश छिट्टै फर्किन अनुरोध गरेका हुन् ।
हाल पोर्चुगलमा रहेका उदयले फिल्मीखबरसँगको कुराकानीमा नेपाल फर्कने टिकट खोजीरहेको बताए । 'मस्को पुग्ने तयारी गरेको थिएँ तर नेपाल फर्कनु पर्ने भएकाले त्यता जान नपाईने भईयो' जर्मनीबाट बेल्जियम, डेनमार्क, नर्वे र पोर्चुगलको भ्रमण गरेका उदलले भने । उनी टिकट पाए जतिसक्दो छिटो नेपाल आउने तयारीमा छन् ।
.jpg)
युरोप भ्रमणका क्रममा प्रदिप उदयले आफूले निर्माण गर्न लागेको फिल्म ‘अधकट्टी’का लागि जर्मनीबाट थानेश्वर लामिछाने र अष्ट्रेलियाबाट अर्चना थापालाई डायस्पोरा पार्टनरको अधिकार दिने सहमति गराएको बताए । यस्तै उनले डेनमार्क र बेल्जियमबाट दुईजना सह-लगानीकर्ता ‘अधकट्टी’मा देखिने बताए । केही दिनमा नेपाल फर्केर फिल्म क्षेत्रका गतिविधिमा संलग्न हुदै पूर्व घोषित फिल्म ‘अधकट्टी’को निर्माण थाल्ने उनको भनाई छ ।
उदय चलचित्र विकास बोर्डले शुरू गर्न लागेको बक्स अफिस र हल वर्गिकरणको बिपक्षमा उभिएका थिए । तर बोर्डले भने आज श्रावण १ गतेबाट बक्स अफिस र हल वर्गिकरण नीति लागु गरेको छ । यसको बिरोध गर्दै आएको चलचित्र संघले सहमती जनाएपछि नै यो आजबाट लागु हुन लागेको हो ।

