Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अन्ततः साउन १ बाटै फिल्म नीति

फिल्मीखबर, काठमाण्डौ, 2013/07/15

साउन १ गतेबाट लागु हुने बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीतिको गाँठो फुकेको छ । बक्स अफिस प्रणालीको सर्भर चलचित्र संघको कार्यालयमा राख्ने सहमती भए सँगै भोलीबाट यी तीन नीतिहरु लागु हुने भएका हुन् ।

 

यसअघि सर्भर राख्ने स्थान बारे संघसंस्थाबीच विवाद कायम थियो । बक्स अफिसको सर्भर विकास वोर्ड भन्दा बाहिरको संस्थामा राखिने भएपछि निर्माताले सरकारलाई स्वच्छिक रुपमा कर तिर्नु पर्नेछ । चावाहिल स्थित चलचित्र विकास वोर्डको बैठकमा वोर्डको तर्फबाट अध्यक्ष धर्मेन्द्र मोरवैता, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, महासचिव केशव भट्टराई, चलचित्र संघको तर्फबाट उपाध्यक्ष नखिम उद्दिन, उप-महासचिव मधुसुदन प्रधान, बक्स अफिस अध्ययन समितका सदस्यद्धय आकाश अधिकारी र एमएस अग्रज बीच तीन नीति लागु गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ ।

 

 

बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीति लागु भएको बारे विकास वोर्डले भोली दुई बजे विकास वोर्ड कार्यलयमा पत्रकार सम्मेलन समेत गर्ने भएको छ । बक्स अफिस, फिल्म तथा हल वर्गीकरणको नीति फिल्मकर्मीको ४२ दिने आन्दोलनको मुख्य एजेन्डा थियो । यी तीन नीतिलाई वर्तमान फिल्म बजारको प्रगतीसँग जोडेर हेरिएको छ । तर, कार्यान्वयन पक्षमा अत्यन्त कठिन रहेको निर्माता संघका प्रवत्ता सुरेश दर्पण पोखरेल बताउँछन् ।