Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फिल्ममा साइकलको कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/07/15

साइकल चक्रको थिमलाई मुख्य प्लट बनाएर फिल्म निर्माण हुने भएको छ । साइकल नै टाईटल फाइनल गरिएको फिल्मलाई नेपाल बक्स अफिस प्रालीले निर्माण गर्न लागेको हो ।

 

साइकलका कथा लेखक तथा निर्देशक शिव घिमिरे हुन् । यही साउनको दोस्रो साताबाट फ्लोरमा जाने साइकलका मुख्य पात्र चेतबहादुर केसी (गोविन्द), विक्की मल्ल र मनिका दाहाल हुन् । फिल्मलाई काठमाण्डौ आसपासका लोकेशनमा खिचिनेछ । राजेन्द्र दाहालको संगीत रहेको फिल्मका छायाँकार तथा द्धन्द्ध निर्देशक फाईनल हुँन बाँकी छ । ३० लाख नजिकको बजेट अड्कल गरिएको फिल्मलाई एक महिनामा सुटिङ क्लोजअप गर्ने योजना बनाइएको छ ।


सकियो खेताला
साईकलका शिव घिमिरेकै निर्देशन रहेको फिल्म खेतालाको छायाँकन सकिएको छ । फिल्ममा राजेश ढुङ्गाना, पुस्कर रेग्मी, मनिका दाहाल, रामभक्त श्रेष्ठ लगायतको अभिनय छ । यो फिल्म असोज ४ गते काठमाण्डौ र मोफसलका पर्दाबाट एकसाथ प्रदर्शनमा आउने बताइएको छ । फिल्मलाई रामभक्त श्रेष्ठले निर्माण गरेका हुन् ।