Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोलखामा फिल्म नगरी निर्माण सुरु गरिने !

फिल्मीखबर, काठमाण्डौ, 2013/07/14

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आईतवार सार्वजनिक गरेको आर्थिक बर्ष २०७०/७१ को बजेटमा दोलखाको फिल्म नगरी पनि समेटिएको छ । मन्त्री कोईरालाले यसै बर्षबाट प्रस्तावित दोलखामा अन्तराष्ट्रिय स्तरको फिल्म नगरीको निर्माण शुरू गर्ने बताएका हुन् ।

 

फिल्म नगरीका लागि गत बर्ष नै सरकारले २ खर्ब रूपैंया बजेट विनियोजन गरेको थियो तर निर्माण कार्य भने शुरू हुन सकेको थिएन । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीले दोलखा लाकुरीडाँडा गाविस-८ मा पर्ने डाङडुङे डाँडामा फिल्म नगरी निर्माण गर्ने प्रस्ताव गरेका थिए । फिल्म नगरी उक्त स्थानको १५ सय रोपनी जग्गामा निर्माण गर्ने बताईएको छ ।

 

सगरमाथा, गौरीशंकर, गणेशदेखि अन्नपूर्ण हिमशृंखला लहरै देखिने डाङडुङेमा नेपालकै पहिलो व्यवस्थित सुटिङ स्थल बनाउने तयारी गरिएको दोलखा फिल्म नगरी निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसका लागि नेपाल सरकारलाई नेदरल्यान्ड र चीन सरकारले सघाउने बताईएको छ ।

 

यस्तै मन्त्री कोईरालाले फिल्म हलले असार मसान्त सम्मको चलचित्र विकास शुल्क आगामी पुष मसान्त भित्र बुझाए व्याज र जरिवाना मिनाहा हुने बजेट भाषणमा सुनाए । यस्तै उनले नविकरण नभएका हलहरूको नविकरण बराबरको थप दस्तुर तिरेमा हलको इजाजतपत्र नविकरण गरेर पुन: सञ्चालन गर्न सकिने भाषणमा उल्लेख गरे ।