Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यि हिरोईनलाई असारमै लाग्यो तीज

फिल्मीखबर, काठमाण्डौ, 2013/07/14

महिलाहरूको महान पर्व तीज आउन अझै दुई महिना बाँकी छ तर नेपाली फिल्मका तीन हिरोईन नन्दिता केसी, रिमा बिश्वकर्मा र बेनिशा हमाललाई भने असारमै तीज लागेको छ । यति छिट्टै तीज कसरी लाग्यो त ? अचम्म मान्नु पर्दैन । निर्देशक समन अधिकारीले यि तीन नायिकालाई तीजको गीतमा छमछमी नचाएर तीजको झझल्को दिएका हुन् ।

 

 

लोकराज अधिकारीको शब्दमा अर्जुन पोख्रेलको संगीत रहेको तीजको गीतमा यि तीन नायिकाको साथका कलाकार निरू खड्का छमछमी नाचे । आगामी तीजको अवसरमा नेपाली महिलाहरूलाई तार्गेट गरेर तयार पार्न लागिएको सो गीतमा देवी घर्ती, सुधा रत्न र सिता केसीको स्वर सुन्न सकिन्छ ।

 

 

काठमाण्डौको नेपाल चलचित्र विकास कम्पनीको ल्याबमा सेट लगाएर तीजको रौनकमा नाच्दै र आफ्ना सहकर्मीलाई नचाउदै गरेकी नायिका रिमाले अन्य भिडियोमा भन्दा यो गीतमा नाच्दा निकै रमाईलो लागेको बताईन् । यस्तै नायिका बेनिशा र नन्दिता पनि तीजको गीतमा नाच्दा साँच्चिकै तीज लागेको महसुश गरे ।