Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बजार सुध्रिए पछि मात्रै आलोकको `जात्रा`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/14

फिल्म सम्बन्धी हुने सार्वजनिक कार्यक्रममा कमै देखिने निर्देशक आलोक नेम्वाङ पुरानो बानेश्वरस्थित अन्नपूर्ण पार्टी प्यालेसमा नायक यशराज गरचको बिहेमा भेटिए । निर्देशक नेम्वाङको निर्देशनमा फिचर फिल्म निर्माण हुने भनेर झन्डै एक वर्ष घोषणा गरिएको थियो । तर, फिल्म प्रि-प्रोडक्सनमै सिमित छ ।

 

बैवाहिक कार्यक्रममा त्यती खुल्न नचाहेका आलोकले 'जात्रा' फिल्म बारे भने- 'फिल्म बनाउने माहोल छैन । वर्तमान फिल्म बजारमा कसरी फिल्म बनाएर रिलिल गर्नु ?' सानो संसार डेव्यु निर्देशकले फिल्मीखबर समक्ष आफ्नो दैनिकी र योजना सुनाउँदै भने- 'वर्तमान फिल्म बजार सुध्रिए पछि फ्लोरमा निस्कन्छौं । अहिले फिल्म म्यूजिक भिडियो निर्देशनमा व्यस्त छु ।'


त्यस्तै आलोकले आफ्नो फिल्मको कास्ट फाईनल भएको तथा कोही मेरो असफलताले फ्रस्टेशन निम्त्याएको भनेर मिडियामा आएको खबर प्रति आश्चार्य समेत प्रकट गरे । 'मिडियामा आएपछि मात्रै मलाई थाहा भयो मेरो फिल्ममा कोको कलाकार हुन्छ भनेर,' निर्देशक नेम्वाङले भने- 'अर्को कुरा म फ्रस्टेशनमा भन्दा पनि आफ्नै काममा व्यस्त छु ।'

 

निर्देशक नेम्वाङ निर्देशित दोस्रो फिचर फिल्म कोही मेरोले सोचे अनुरुप व्यापारिक सफलता हात पार्न सकेको थिएन । फिल्म बजारको गिर्दो व्यापारले निर्माता तथा निर्देशकलाई नयाँ प्रोजेक्ट लिएर फ्लोरमा उत्रन सहज छैन । यही असहज परिस्थितीले थुप्रै निर्माता निर्देशकलाई फिल्म निर्माणबाट ब्याक बनाएको छ । निर्माण घोषणका दर्जन भन्दा बढि फिल्म सुधारोन्मुख बजारको पर्खाइमा छन् ।