Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलर रिलिज : बाजी मार्ला त ढुवानीले ?

फिल्मीखबर, काठमाण्डौ, 2013/07/13

चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना जगाउन निर्माण गरिएको फिल्म 'ढुवानी'को दोस्रो ट्रेलर रिलिज गरिएको छ । व्याच नम्बर १६बाट चर्चा पाएका पिताम्बर पाण्डेले निर्देशन गरेको यो फिल्म यहि भाद्र २८ गते सार्वजनिक हुँदैछ ।

 

कबिता फिल्मसको ब्यानरमा निर्माण गरिएको फिल्म 'ढुवानी'मा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ ।

 

फिल्मका निर्माता मञ्जिल श्रेष्ठ तथा कविता श्रेष्ठले हिन्दी भाषामा डबिङ, अंग्रेजी र अरबिक भाषामा सब टाइटल राखी भारत लगायत खाडीमुलुक साउदी अरब, कतार, दुबइ सहित युके, अमेरिका र अष्ट्रेलिया लगायत करिब १ दर्जन देशहरुमा यो फिल्मको प्रदर्शन तयारी गरेको बताएका छन् ।

 

फिल्मको पहिलो प्रोमोबाट राम्रो प्रतिक्रिया पाएको ढुवानी युनिटले दोस्रो प्रोमोबाट कस्तो प्रतिक्रिया पाउला त ? नजिता छिट्टै नै देखिनेछ ।