Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

शिव रेग्मीलाई पाँच लाख सहयोगको प्रस्ताव

फिल्मीखबर, काठमाण्डौ, 2013/07/12

दुवै किड्नी फेल भएको अवस्थामा रहेका चर्चित निर्देशक शिब रेग्मीमा चलचित्र विकास बोर्डको मातहतमा रहेको चलचित्रकर्मी कल्याण कोषले पाँच लाख सहयोग गर्ने प्रस्ताव बोर्डलाई राखेको छ ।

 

चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितीको आज बसेको बैठकले बोर्डलाई पाँच लाख रूपैंया सहयोग गर्न प्रस्ताव राखेको बोर्ड प्रवक्ता अनुपम निरौलाले फिल्मीखबरलाई जानकारी दिए । चलचित्रकर्मी कल्याण कोषलाई पचास हजार सम्मको सहयोग गर्ने अधिकार रहेको भन्दै अनुपमले भने- 'पचास हजार भन्दा बढि रकम सहयोग गर्न परे बोर्डको मिटिङबाट पारित गर्नुपर्छ ।'

 

आईतवार या सोमबार बोर्डको मिटिङ बस्ने जानकारी दिंदै अनुपमले भने- 'अहिलेको अवस्थामा शिब रेग्मीलाई सहयोग गर्नु पक्कै राम्रो हो । निर्णय के हुन्छ त्यो मिटिङ पछि नै थाहा हुनेछ ।' चर्चित अभिनेत्री बसुन्धरा भुषाल संयोजक रहेको यो कोषले केहि समय अगाडी सगरमाथा चढेर फर्के पश्चात खुट्टाका दश वटै औंला काटेका अर्जुन कार्कीलाई पनि २ लाख रूपैंयाको सहयोग गर्न बोर्डलाई प्रस्ताव गरेको छ ।

 

चलचित्रकर्मी कल्याण कोषले कोषमा रहेको झन्डै तीन करोड रूपैंयाको व्याजबाट आउने पैसाले नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याएका असक्त फिल्मकर्मीहरूलाई सहयोग गर्ने गरेको छ । चलचित्रकर्मी कल्याण कोषले अहिले नौ जना फिल्मकर्मीलाई पाँच हजार मासिक बृद्धि दिईरहेको छ । मासिक बृद्धि पाउनेमा पवन मैनाली, हरिप्रसाद रिमाल, जयनन्द चन्द ठाकुर, दिपक ढकाल, भुवन चन्द, दिपक क्षेत्री, उद्धब भट्टराई, सुभद्रा अधिकारी लगायत छन् ।