Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

व्यस्त हुँदैछिन् गरिमा

फिल्मीखबर, काठमाण्डौ, 2013/07/12

अभिनेत्री गरिमा पन्त यो वर्ष दुई फिल्मको छायाँकनमा व्यस्त हुनेछिन् । सफलता चुम्न संघर्ष गरिरहेकी गरिमाको हातमा परदेश र स्क्रिप्टको अन्तिम तयारी हुँदै गरेको अर्को एउटा प्रोजेक्ट छ ।

 

गरिमाको परदेशलाई नो स्मोकिङ खिचिरहेका सुमन दाहालले निर्देशन गर्ने छन् भने अनटाईटल प्रोजेक्टको क्रिउ गोप्य राखिएको छ । यी दुवै फिल्ममा गरिमाले विदेशी भुमिमा नेपाली युवतीको प्रतिनिधित्व भुमिका निर्वाह गर्नेछिन् । अनटाईटल प्रोजेक्टको स्टोरी नेपाल भारत मैत्री सन्धीसँग जोडिएको छ । जहाँ भारतीय मुलका कलाकारले पनि अभिनय गर्नेछन् ।


वर्ष ६९ मा हिट फिल्म किन लाग्छ लाग्छ मायामा देखिएकी गरिमा यो वर्ष साहित्यिक कृतिमा निर्माण भएको फिल्म झोला लिएर आउँदै छिन् । कृष्ण धारावासीको झोला फिल्ममा गरिमा सति जाने श्रीमतीको भुमिकामा प्रस्तुत भएकी छन् । झोला फिल्मले आफ्नो करियरलाई बुस्ट गर्ने गरिमाको आश छ  ।


यही जुलाई २६ तारिखमा साँस्कृतिक कार्यक्रम लिएर युरोप भ्रमणमा निस्कने तयारी गरिरहेकी गरिमा आगामी फिल्मी करिअर बारे भन्छिन्- 'मैले आफ्नो पढाइसँगै कलाकारितालाई पनि अगाडी बढाउँदै छु । यो नै गर्वको विषय हो ।' पर्दा बाहिर जस्तै पर्दामा पनि सरल एवम् सोझी युवतीको भुमिकामा प्रस्तुत हुने गरिमा एक महिना नजिकको युरोप टुरपछि मास्टर्स फस्ट इयरको परिक्षामा व्यस्त हुनेछिन् । गरिमा पद्मकन्या क्याम्पसकी ग्रामीण विकासकी विद्यार्थी हुन् ।


एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्म फूलबाट उत्कृष्ट अभिनेत्रीको नोमिनेशनमा पर्न सफल यी अविवाहित वाला भन्छिन्- 'काम गरेपछि सफलता या असफलता मध्ये एउटा हुन्छ । तर मेरो फिल्म लाईनको संघर्ष सफलता चुम्नेमा छ ।'