Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.40/5.00)
Text size:-
+
-

निर्माता बन्न राजेश हमाललाई चुनौती !

फिल्मीखबर, काठमाण्डौ, 2013/07/12

आज भन्दा ठिक २५ बर्ष अगाडी बनेको फिल्म 'युगदेखि युगसम्म'बाट नायकको रूपमा डेब्यू गरेका राजेश हमालको चर्चा पहिले जस्तै अहिले पनि उत्तिकै छ । २५ बर्षको अभिनय यात्रामा उनले सयौं फिल्ममा अभिनय गरे । फिल्म इन्डष्ट्री सफलताका साथ यहाँसम्म आईपुग्न राजेशको ठूलो हात छ । भलै केहि फिल्मकर्मी तथा दर्शकले राजेशले नै फिल्म क्षेत्रको बजार बिगारेको आरोप किन नलगाउन । तर सत्य यहि नै हो कि, राजेश फिल्म क्षेत्रका लागि मात्र नभएर देश र जनताकै आईडल पर्सन हुन् ।

 

अभिनय गरेका मध्ये अधिकांश फिल्म असफल भएपनि राजेश २५ बर्ष देखि निरन्तर फिल्म क्षेत्रकै लागि मरिमेटेका छन् । उनी फिल्म क्षेत्र बाहेक अरू कुनै पेशा रोज्न र सोच्न नसक्ने बताउँछन् । यसरी निरन्तर फिल्ममा लागिरहेका हमाललाई अहिले केहि चुनौती थपिएको छ । फिल्म छानेर खेल्ने चुनौती उनका लागि सम्भव भएन तर मेकिङमा आउने चुनौती भने उनका लागि सम्भव हुनसक्छ । तर, कहिले बन्ने त राजेश निर्माता या निर्देशक ?

 

राजेशकै सहकर्मी भुवन केसी बिगत लामो समयदेखि अभिनेता सहित निर्माताको रूपमा परिचित छन् । भुवनले अभिनय गरेका मात्र हैन निर्माण गरेका फिल्म पनि अधिकांश सफल नै छन् । भुवन सँगैका अर्का अभिनेता शिब श्रेष्ठ पनि खुकुरी कान्छी निर्माण गर्ने तयारीमा छन् । शिबको यो प्रोजेक्ट कहिले शुरू हुन्छ पत्तो छैन तर पनि उनले अबको समय मेकिङमा खर्चने बताएका छन् ।

 

 

राजेश हमाल पछि आएका अर्का चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठले पनि कहाँ भेटिएला जस्तो सुपरहिट फिल्म बनाएर देखाए । अहिले उनी कोहिनूर फिल्म निर्माणको तयारीमा छन् । यस्तै अर्का अभिनेता दिलिप रायमाझीले पनि हामी साथी भाई, मिस यू फिल्म निर्माण गरेर हमाललाई निर्माता बन्ने चुनौती दिएका छन् । अझ ताते ताते गर्दै स्कुल हिड्ने बेला हमालको फिल्म हेरेका अहिलेका चल्तापूर्जा हिरोहरू हमाललाई सबैभन्दा बढि चुनौती दिएका छन् । फिल्म क्षेत्रमा पाईला टेकेको छोटो समयमा नै केहि हिरोहरू निर्माता बन्न थालेका छन् तर हमाल भने अहिलेसम्म यो बिषयमा गुपचुप नै छन् ।

 

 

कुनै बेला एक्सन नायकको रूपमा एकछत्र राज गरेका निखिल उप्रेतीले निशाना, साबधान जस्ता फिल्म निर्माण गरे भने हलिउड फिल्ममा समेत अभिनय गर्न भ्याएका अभिनेता राजबल्लभ कोईरालाले पनि फिल्म निर्माण शुरू गरिसकेका छन् । यस्तै अर्का चर्चित अभिनेता आर्यन सिग्देलले पनि नोभेम्बर रेन फिल्म निर्माणको तयारी गर्दैछन् । अभिनेता जीवन लुईटेलले पनि फिल्म निर्माणको होमवर्क शुरू गरेका छन् ।

 

 

फिल्म क्षेत्रमा भविष्य खोजिरहेका कलाकार रेश मरहठ्ठाले च्यालेञ्ज निर्माण गरे भने अर्का अभिनेता विनय श्रेष्ठले भिसा गर्ल निर्माण गरे । माया नमार फिल्म निर्माणसँगै अभिनयमा छिरेका अभिनेता रमित ढुंगानाले बुद्धको बारेमा अर्को प्रोजेक्ट शुरू गर्दैछन् । थिएटरमा लामो समय विताएर फिल्म क्षेत्रमा पाईला चाल्दै गरेका अभिनेता सुवास थापाले पनि 'बिर्खेलाई चिन्छस्' नामक फिल्मको निर्माण घोषणा गरेर प्रि-प्रोडक्सन कार्यलाई अन्तिम रूप दिईरहेका छन् । अर्का अभिनेता सुमन सिंहले पनि छिट्टै नै फिल्म मेकिङमा हात हाल्ने बताएका छन् ।

 

फिल्म अभिनयसँगै रिबन काट्न र महोत्सवमा धाउँदा धाँउदै फुर्सद नपाएर हमालले फिल्म मेकिङमा सोच्ने फुर्सद नपाएका पो हुन् कि ! आशा गरौं, हमाललाई दर्शकले अभिनेताको रूपमा मात्र हैन निर्माता तथा निर्देशकको रूपमा पनि छिट्टै हेर्न पाउने छन् ।