Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संघमा फिल्म रोक्न र रकम दिलाउन निवेदन

फिल्मीखबर, काठमाण्डौ, 2013/07/07

अभिनेत्री रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठको विवादलाई किनारा लगाएको एक सातामै चलचित्र निर्माता संघमा यस्तै खाले २ वटा निवेदन पर्न आएका छन् । यही असार २१ गते निर्माता कल्याण घिमिरेले हिसाब मिलानको विषयमा अर्का निर्माता दिनेश खड्का विरूद्ध संघमा निवेदन दर्ता गराएका छन् ।

 

महसुश रिलिजको संघारमा रहेका निर्माता घिमिरेले फिल्म सुटका निर्माता खड्कालाई उपकरण तथा पोष्ट प्रोडक्सनको लागी लगिएको रकम पाउँ भनी निवेदन गराएका हुन् । उनले निवेदनमा रकम उल्लेख गरेका छैनन् । त्यस्तै भगत रावलले अर्का निर्माता सूर्य बुढाथोकीको नाममा फिल्म दुश्मनी प्रदर्शनमा रोक्का गरी पाउँ भनी निर्माता संघमा निवेदन दर्ता गराएका छन् ।

 

निर्माता रावलको निवेदनमा फिल्म दुश्मनी निर्माणको क्रममा निर्माता बुढाथोकीले १ लाख ५७ हजार लिएको र रकम फिर्ता गरेको चेक बाउञ्च भएको उल्लेख छ । सूर्य बुढाथोकीले कृषि विकास बैङ्कको ब्ल्याङक चेक दिएको रावलले आफ्नो निवेदनमा उल्लेख गरेका छन् ।

 

निर्माता संघमा पर्न आएका निवेदन माथि यसै सातमा कार्यसमिति अर्न्तगत गठन भएको न्यायिक समितिले छलफल गर्ने बताइएको छ । संघको न्यायिक समितिका संयोजक उपाध्यक्ष रोज राणा हुन् ।