Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

साउन १ : वोर्डको आश्वसन, संघर्ष समितिको आन्दोलन

फिल्मीखबर, काठमाण्डौ, 2013/07/07

चिया पसल होस् या औपचारिक सभा समारोह । बक्स अफिस, हल तथा फिल्म वर्गीकरणको नीतिलाई लिएर फिल्मकर्मी बिच बहस हुने गरेको छ । वर्तमान फिल्मी बजारलाई राहत दिलाउने बक्स अफिस, हल तथा फिल्म वर्गीकरण नीतिको पक्षमा देखिएकाको भनाई छ । अर्कोतर्फ बक्स अफिस र हल तथा फिल्म वर्गीकरणको नीतिले फिल्मी बजारमा कुनै सकारात्मक परिवर्तन नल्याउने विपक्षीको भनाइ छ ।


जेहोस् नीतिलाई कार्यन्वयनमा ल्याउने जिम्मा पाएको चलचित्र विकास वोर्ड भने साउन १ मै यी नीतिलाई लागु गराउने गरी लागी परेको छ । धर्मेन्द्र मोरवैता अध्यक्ष रहेको वोर्डले साउमा १ मा बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीति लगाउने गरी काम भैरहेको जानकारी गराएको छ । फिल्मीखबरसँगको कुराकानीमा वोर्ड अध्यक्ष मोरवैताले भने- 'साउन १ मा नीति लागु गराउन हामी प्रयत्नरत छौं । सम्पूर्ण संघसंस्थासँग नीति सम्बन्धी लगभग सबै बुँदामा समहती भैसकेको छ ।'

 

चलचित्र संघसँग भने बक्स अफिसको सरभर कहाँ राख्ने ? भन्ने विषयमा सहमती हुन बाँकी छ । यसबारे अध्यक्ष मोरवैताको भनाई छ- 'चलचित्र संघसँगको सहमतीका लागी हामी छलफलमा छौं । संघलाई हामी सहमतीमा ल्याएरै छोड्छौं ।' विकास वोर्डको ६ सदस्सिय वोर्ड समितिले यसबारे बैठक बसेर तत्काल निर्णय गर्ने समेत उनले बताए । त्यस्तै साउन १ मा बक्स अफिस, फिल्म तथा हल वर्गीकरणको मोडालीटि बारे जानकारी गराउन पत्रकार सम्मेलन समेत गरिने अध्यक्ष मोरवैताको जानकारी दिए ।


नीति लागु नभए आन्दोलन : संयुक्त संघर्ष समिति


बक्स अफिस, हल तथा फिल्म वर्गीकरणको नीति लागु नभए संयुक्त संघर्ष समिति सक्रिय हुने निर्माता संघका अध्यक्ष राजकुमार राईले बताएका छन् । फिल्मकर्मीको ४२ दिने आन्दोलनताका गठन भएको संयुक्त संघर्ष समितिले यी नीति लागु नभए साउन २ गतेबाटै आन्दोलन गर्ने चेतावनी अध्यक्ष राईले दिएका हुन् । आन्दोलनको स्वरुप विकास वोर्ड बहिस्कार देखी सिंहदरबार घेराउ सम्म हुने बताइएको छ ।


सातामा २ फिल्म : मोडालिटीमा अड्कियो
निर्माता संघको अध्यक्ष पदमा दोस्रो पटक नियुक्ती भएपछि राजकुमार राईले ल्याएको सातामा दुई वटा मात्रै नेपाली फिल्म रिलिजको नीति अझै केही महिना कार्यन्वयनमा नआउने सक्ने बुझिएको छ । सातामा दुई वटा मात्रै फिल्म रिलिज गर्ने बारे निर्माता संघको नीतिसँग चलचित्र संघ सहमती नजिक आएपनि कुन मोडालीटिमा जाने भन्ने बारे टुङ्गो लागी नसकेको अध्यक्ष राईले बताए । दुई संघको छलफलले यसको चाँडै नै टुङ्गो लगाउने अध्यक्ष राईको भनाई छ । पालो प्रणालीको खारेजी पश्चात अहिले फिल्म खुला प्रतिस्पर्धामा प्रदर्शनरत छन् ।


सकियो फिल्म हेर्ने काम
प्रकाश सुवेदी, शान्ति प्रिय, तपोनाथ शुक्ला र शैलेश आचार्य सदस्य रहेको राष्ट्रिय चलचित्र पुरस्कारको जुरी समितिले फिल्म हेर्ने काम सकेको छ । डेढ महिना लगाएर वर्ष ०६७, ०६८ र ०७० का ८० वटा फिल्मलाई जुरी मेम्वर्सले असार २२ मा सकेको हो । जुरी सदस्य प्रकाश सुवेदी भन्छन्- 'फिल्मको रिजल्टलाई खामबन्दी गरेर विकास वोर्डलाई हस्तान्तरण गरेका छौं । वर्ष ०६७ मा उत्कृष्ट फिल्म छान्न केही कठिन पर्यो ।' खामबन्दी गरिएका फिल्मको रिजल्टलाई यसै साता सञ्चार मन्त्रालयमा पठाइनेछ । सञ्चार मन्त्रालयले राष्ट्रपतिको समयलाई व्यवस्थापन गरेर अवार्ड आयोजन गर्नेछ ।