Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

राजेश र हेमा `हँसिया`का सिआईबी

फिल्मीखबर, काठमाण्डौ, 2013/07/07

'हँसिया'लाई बिशेषत: महिलाले प्रयोग गर्ने हतियारको रूपमा हेरिन्छ । परिआएको खण्डमा महिलाले आफ्नो र परिवारको बचाउका लागि 'हँसिया'लाई प्रमुख हतियार बनाउन सक्छन् । हो, यहि हँसियाले देशमा भईरहेका अपराध, गुण्डागर्दी, राजनैतीक चलखेल, हत्या, हिंसा, बलत्कार जस्ता सामाजिक विकृतिको चिरफार गर्ने भएको छ ।

 

यहि असार २६ गतेबाट फ्लोरमा जान लागेको फिल्म 'हँसिया'मा अभिनेता राजेश हमाल क्राईम इन्भेस्टिगेसन ब्यूरो (सिआईबी) प्रमुखको भुमिकामा प्रस्तुत हुँदैछन् भने पहिलो पटक ठूलो पर्दामा हिरो बनेर प्रस्तुत हुन लागेकी मोडल हेमा श्रेष्ठ क्राईम इन्भेस्टिगेसन ब्यूरो (सिआईबी) अफिसरको भुमिकामा प्रस्तुत हुँदैछिन् । सकारात्मक सोच राखेपनि हमाल खलपात्रको रूपमा पर्दामा देखिनेछन् भने हेमाले नै हँसियाको साहाराले सामाजिक विकृतिको चिरफार गर्नेछिन् ।

 

यहि असार २५ गते मुहुर्त गरि असार २६ गतेबाट फ्लोरमा जान लागेको फिल्म 'हँसिया'लाई पहिलो पटक मिलन चाम्सले निर्देशन गर्दैछन् । थुप्रै म्युजिक भिडियो तथा विज्ञापनको निर्देशनबाट अनुभव लिएका मिलनलाई निर्माताको रूपमा दुर्गा घले र गंगाराज राईले सहयोग गर्दैछन् । काठमाण्डौ वरपर नै सुटिङ हुने यो एक्सन फिल्ममा राजेश र हेमा नै मुख्य पात्र रहनेछन् ।

 

 

फिल्ममा सिआईबी प्रमुखको भुमिकामा देखिन लागेका हमालले आफ्नो प्यारो कपालको माया मार्ने भएका छन् । 'निर्देशकले कपाल फाल्नै पर्छ भन्नु भयो त्यसैले यो कपालको माया मार्दैछु,' हमालले भने- 'क्यारेक्टरमा डुबेर काम गर्न कपाल नै बाधक बन्छ भने फाल्नै पर्‍यो नि !' झण्डै ८ महिनाको एक्सन ट्रेनिङ लिएकी हेमा पहिलो फिल्मबाट नै एक्सन गर्ल बनेर आउँदैछिन् । फिल्मको कथा नै हेमाको वरिपरि घुम्ने निर्देशक चाम्स बताउँछन् ।

 

अनुप सापकोटाको लेखन रहेको हँसियामा राजकुमार उप्रेतीको द्धन्दनिर्देशन रहनेछ । यस्तै फिल्ममा राम केसीको छायाँकन, कल्याण सिंहको संगीत तथा निलम आङबुहाङ राईको गीत रहनेछ । ४५ दिनको सुटिङ सेड्यूल निकालिएको यो फिल्म चाम्स इन्टरटेन्मेन्टको व्यानरमा बन्नेछ । फिल्ममा एक्सनका केहि नयाँ टेक्निक प्रयोग गर्न लागेको द्धन्दनिर्देशक उप्रेतीले जानकारी गराए । यस्तै उनले फिल्ममा ११६ जना फाईटरहरू प्रयोग गर्न लागेको पनि जानकारी दिए ।