Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

राजेश र कोमलको राजनीतिले मच्चाउला `धूम` ? (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/06

देशमा चुनाव हुने नहुने टुंगो छैन तर अभिनेता राजेश हमाल भने दशकसामु नेता भएर उपस्थित हुँदैछन् । बेलाबेला राजनीतिमा प्रवेश गर्ने अर्न्तवार्ता दिने हमाल रियल लाईफमा नभएपनि रिल लाईफमा भने नेता बनेका हुन् ।

 

दर्शकमाझ पहिलो पटक ठूलो पर्दामा देखिन लागेकी चर्चित गायिका कोमल ओली पनि राजनीतिमा आउने हल्ला चलिरहेको छ । आगामी चुनावमा कोमलले टिकट पाए नेता बन्ने छनक देखाएकी छिन् । रियलमै नेता बन्ने शुरमा रहेकी ओली पनि फिल्म राजनीतिमा हमाल जस्तै नेता बनेकी छिन् । उनले फिल्ममा हमालसँग अनस्क्रिन रोमान्स पनि गरेकी छिन् । फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।

 

बिएन फिल्सको व्यानरमा दीपक सुवेदी र दीपक कुमार भट्टराईले निर्माण शुरू गरेको फिल्म 'राजनीति' मा राजेश र कोमलको साथमा दीपक कुमार भट्टराई, दीपक सुवेदी र पवित्रा आचार्यको पनि मुख्य भुमिका रहेको छ । अर्जुन पोखरेलको संगीत, शिव ढकालको छायाँकन तथा अष्ट महर्जनको द्धन्द रहेको यो फिल्म आगामी भाद्र २८ गते रिलिज हुनेछ । फिल्मले वर्तमान नेपालको राजनैतिक अवस्थालाई चित्रण गर्ने निर्देशकको भनाई छ ।