Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सिङगापुरे पल्टने फिल्मको हिरो

फिल्मीखबर, काठमाण्डौ, 2013/07/05

बिदेशमा बस्नेलाई नेपाल र नेपाली फिल्मको माया औधी हुन्छ त्यसैमाथी पल्टने लाहुरेको त कुरै छाडौं । सपनाको शहर मानिने सिङ्गापुरमा सैनिक पेशामा आवद्ध रमेश चन्द्र राई नेपाली फिल्म भनेपछि हुरूक्कै हुन्छन् । सानै देखि नेपाली फिल्म प्रति मोह देखाएका यि सिङ्गापुरे पल्टने अहिले भने फिल्मकै हिरो भएका छन् ।

 

निर्देशक सुरज सुब्बा 'नाल्बो'ले निर्देशन गरेको फिल्म 'माई प्रमिश'मा रमेश हिरो बनेका छन् । आत्मिय मित्रद्धय नर लिम्बु र टंक लिम्बुको सहकार्यमा आफैले फिल्म बनाएका रमेशले केकी अधिकारीसँग अनस्क्रिन रोमान्स गरेका छन् । सैनिक पेशामा आबद्ध हुनुपूर्व दिनमा पाँच वटा सम्म नेपाली फिल्म हेर्ने रमेश आज आफै फिल्मको हिरो हुँदा दंग पनि छन् ।

 

'पहिलो पटक ठूलो पर्दामा देखिंदै छु । राम्रो नराम्रो पक्कै होला । तरपनि हामी पल्टने फिल्ममा केहि आश बोकेर आएका छौं आशा छ सबैजनाले साथ दिनुहुनेछ', सिङ्गापुरबाटै फिल्मीखबरसँग गफिंदै रमेशले भने- 'फिल्म चल्ला नचल्ला भोलीको कुरा तर म भने समयले भ्याएसम्म यो क्षेत्रमा लागिरहन्छु । नेपाली फिल्मलाई माया गरिरहन्छु ।' आफैले पैसा हालेर हिरो बनेको आरोप लागेपनि उनी त्यसलाई प्रतिकार नगर्ने बताउँछन् ।

 

 

'मलाई नेपाली फिल्मको माया थियो र हिरो बन्ने सपना थियो । त्यसैले फिल्म निर्माण गरेरै यो क्षेत्रमा आएँ,' रमेशले भने- 'मैले लाहुरेको इज्जतलाई उँचो राख्न हरसम्भव कोशिस गर्नेछु ।' फिल्म राम्रो बनाएकाले सफलता पाउने कुरामा रमेश ढुक्क छन् । 'दर्शकसम्म फिल्मको बारेमा जानकारी पुग्यो भने मेरो फिल्म सफल हुनेछ,' रमेशले दाबी गर्दै भने- 'यदि फिल्म चलेन भने पनि म यो क्षेत्रमा चलिनै रहन्छु, चाहे कलाकारको रूपमा होस् चाहे निर्माताको रूपमा ।'

 

रिभेन्ज ड्रामा शैली अर्न्तगत रहेर निर्माण गरिएको लभस्टोरी फिल्म 'माई प्रमिश'ले दलालको फन्दामा परेर सिंगापुर पुर्‍याइएकी एक युवतीको कथा मेन प्लट बनाएको छ । यो फिल्ममा रमेश र केकीको साथमा नर लिम्बु, विल्सन विक्रम राई, अनुराग मान सिहं कुवँर, आकाश खवास, मार्टिन खान लगायतले अभिनय गरेका छन् । महेश खड्काको संगीतको संगीत रहेको यो फिल्म भाद्र २१ गते नेपालमा रिलिज हुनेछ । त्यो भन्दा अगाडी सिङ्गापुरमा फिल्मको प्रिमियर गर्ने तयारी गरिरहेको रमेशले जानकारी गराए ।