Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.57/5.00)
Text size:-
+
-

रेखा र नरेशको निकटता !

फिल्मीखबर, काठमाण्डौ, 2013/07/04

लोफर र काली बिच हलमा हुने खेलको रिजल्ट जे जस्तो आएपनि मोरङकी रेखा थापाले पुनः अर्को चर्चाको काम गरेकी छिन् । छविराज ओझासँग फिल्म निर्माणको सहकार्य तोडेका निर्माता तथा निर्देशक नरेश पौडेल कालीमा ईन्ट्री भएका छन् ।

 

रेखाको फिल्म कालीमा नरेश सिडिओको भुमिकामा प्रस्तत हुँदैछन् । यि दुबैले अहिले आफ्ना फेसबुकका भित्ताहरूमा आपसी सम्बन्धको चर्चा गरिरहेका छन् । रेखाले नरेशलाई आफ्नो गड फादर भनेकी छिन् भने नरेश पनि रेखासँगको निकटतामा दंग छन् ।



छवि र नरेशको सहकार्यमा फिल्म हिरो, साइनो र यस्तै रहेछ जीन्दगी निर्माण भएका थिए । आसपी सम्बन्धमा चिसोपना छाएपछि यी दुईको फिल्म निर्माण गर्ने सहकार्यले विश्राम पाएको थियो । निर्माता छविराज ओझाले फिल्म अजम्बरी नातामा पत्नी रेखा थापालाई आईटम गर्लमा प्रस्तुत गरेका थिए । अजम्बरी नाताकी मुख्य अभिनेत्री निरुता सिंह थिइन् । तर, त्यती नै बेला निर्देशक नरेश पौडेल भने रेखालाई नै मुख्य पात्र बनाएर फिल्म धड्कनको निर्देशनमा जुटेका थिए । अजम्बरी नाताको आइटमले रेखालाई राम्रै चर्चा दियो ।

 

 

रेखा सहित अभिनेता निखिल उप्रेती, अभिनेत्री अरुणीमा लम्साल र रमित ढुङ्गानाको मुख्य भुमिका रहेको धड्कन सुपरहिट फिल्म बन्यो । धड्कन हिट पश्चात छविले अभिनेत्री थापालाई केन्द्रमा राखेर फिल्म निर्माण गर्न थाले । हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो, रावण देखी हमेशा सम्म आइपुग्दा छविका फिल्ममा रेखा नै मुख्य पात्र भइन् । रेखा केन्द्रित फिल्म व्यापार पनि राम्रै गर्यो ।

 


रेखा र छविको दिशा अलग भएको छ । रेखा र छविको व्यक्तिगतसँगै व्यवसायिक सम्बन्धले सम्भवतः विश्राम लिएको छ । छविले लोफरमा रजनी केसीलाई लिए । छविको अर्को नवल नेपालले निर्देशन गर्ने भनिएको प्रोजेक्टमा म्युजिक भिडियो मोडेल शिल्पा पोखरेल देखिने सम्भावना छ । यता रेखा पनि लोफरकै डेटमा फिल्म रिलिज गर्ने गरी कालीलाई खिचिरहेकी छिन् । कालीका निर्देशक शविर श्रेष्ठ हुन् । कालीमा रेखाको अपोजिटमा किशोर खतिवडा देखिएका छन् ।

 


रेखालाई हिरो भन्ने छवि रेखाकै विकल्प खोज्ने दौडधुपमा लागीपरेका छन् । अर्कोतर्फ लोफरले सुटिङ सेटबाटै घोषणा गरेको मिति फुलपातीमा काली प्रदर्शन गरेर रेखा कर्म पितालाई टक्कर दिदै छिन् । कालीको सुटिङ यही सातामा प्याकअप हुने रेखाले बताएकी छिन् । कालीमा बसन्त सापकोटाको संगीत छ ।