Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दर्पण छायाँ अभिनेता फिल्म निर्देशनमा

फिल्मीखबर, काठमाण्डौ, 2013/07/04

अभिनेता उत्तम प्रधान फिल्म निर्देशनमा निस्किएका छन् । दर्पण छायाँ हिरोले दर्पणछायाँकै सहपाठी दिलिप रायमाझीलाई लिएर फिल्म निर्देशन गर्दैछन् । फिल्ममा अभिनय गर्न दिलिप आज सिक्किम प्रस्थान गरेका छन् ।

 

दिलिपको साथमा उत्तमकै श्रीमती संगिता प्रधान नायिकाको रूपमा अभिनय गरिरहेको बुझिएको छ । भारतीय जी टिभीमा प्रशारणरत डिआईडी सुपर मम्समा सहभागी भएकी संगिता यसअघि नै तुलसी घिमिरेको एक फिल्ममा नायिका बन्ने शुरमा थिईन् । यस्तै सिक्किमका स्थानिय कलाकारले फिल्ममा अभिनय गर्दै गरेको बुझिएको छ । उत्तमले आफ्नो निर्देशकीय प्रोजेक्टलाई 'सिक्किम दर्पण' नाम दिएका छन् । फिल्मको हाल सिक्किमका विभिन्न क्षेत्रमा छायाँकन हुँदैछ ।

 

 

निर्माण युनिटले दिएको जानकारी अनुसार १० दिन भित्र फिल्मको छायाँकन सम्पन्न हुनेछ । नेपाली भाषामा डविङ गरिने बताइएको फिल्म सिक्किम लगायत भारतका प्रान्तिय राज्यमा रिलिज गरिने बताइन्छ । लहना, चित्कार, अजम्बरी माया, ईशारा, सन्तान, ममता, तिम्रो मायामा लगायतका फिल्मका हिरो उत्तम पछिल्लो पटक लेटर मार्फत दर्शक माझ झुल्किएका थिए । सिक्किमेली निर्देशक साम्तेन भुटियाको निर्देशन रहेको लेटर व्यावासायिक रुपमा सफल हुन सकेन । यद्यपी फिल्म र अभिनेता उत्तमको अभिनयलाई भने सबैले तारिफ गरेका थिए ।

 

 

स्थायी थलो सिक्किममा व्यवसाय सञ्चालन गर्दै आएका उत्तमले लेटर रिलिज ताका फिल्म खेल्ने ईच्छा मरि नसकेको बताएका थिए । राम्रो कथा र राम्रो व्यानरबाट फिल्म खेल्ने प्रस्ताव आए आफु टेक दिन इच्छुक रहेको उत्तमले बताएका थिए ।


वर्तनमान बजारलाई अध्ययन गरेर फिल्म निर्माणमै कटौती गरि रहेका नेपाली निर्माताले उत्तमलाई अभिनयको अफर भने गरेका भने छैनन् । कलाकारितालाई निरन्तरता दिन फिल्म निर्देशनमा जुटेका उत्तमको फिल्म कस्तो बन्छ ? रिलिज पश्चात सिक्किमेली दर्शकले प्रतिक्रिया दिनेछन् ।