Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

व्यापार : निर्माताको खल्तीमा तीन देखि चार लाख

फिल्मीखबर, काठमाण्डौ, 2013/06/30

निर्माता एवम् वितरक भन्छन्- 'प्रदर्शनरत फिल्म लभ फरेभर र लभ स्टोरी २०६६को सुरुवाती व्यापार सन्तोषजनक छ ।' देशभरका पर्दाबाट प्रदर्शनमा आएका यी फिल्मले वर्षाका बावजुद पनि ठिकैको व्यापार गरेको सम्बन्धीत पक्षको दाबी छ ।


निर्देशक तथा निर्माता शंकर आचार्य लभ फरेभरको सुरुवाती व्यापारबाट भन्दा पनि दर्शकले दिएको प्रतिक्रियाबाट सन्तुष्ट छन् । भन्छन्- 'फिल्मलाई दर्शकले मन पराउनु भएको छ । फिल्मले विस्तारै पिकअप लिनेमा आशावादी छु ।' यौन केन्द्रित फिल्म लभ फरेभरको स्टोरी कन्सेप्टलाई नै दर्शकले मन पराएको उनको दाबी छ । फिल्ममा अभिनय समेत गरेका आचार्य भन्छन्- 'हामीले जुन अपेक्षा गरेका थियौं । त्यो भन्दा पनि बढी दर्शकको प्रतिक्रिया पायौं ।'

 

फिल्मका वितरक नरेन्द्र महर्जनको रिपोर्ट अनुसार यो फिल्मले अल नेपालबाट १० लाख ग्रस कलेक्सन गरेको छ । दुई दिनको दश लाख ग्रसबाट निर्माताको खल्तीमा साढे चार लाख नजिक पुग्नेछ । देशका करिब पैतिस हलबाट प्रदर्शनमा आएको लभ फरेभरमा सुमिना घिमिरे, गजित विष्ट, निरज बराल प्रमुख भुमिकामा प्रस्तुत भएका छन् । फिल्ममा राज आचार्यको पनि विशेष रोल रहेको छ ।


हार्ड डिक्स मुम्बइमै अड्किएपछि एक हप्ता ढिला गरी रिलिज भएको 'लभ स्टोरी २०६६'को काठमाण्डौ ग्रस कलेक्सन ८ लाख रहेको वितरक सुनिल मानन्धर जानकारी दिन्छन् । मोफसलको कलेक्सन प्राप्त हुँन बाँकी रहेको वितरक मानन्धरले बताए । काठमाण्डौको आठ लाख ग्रसबाट निर्माता विक्रम गिरीलाई करिब ३ लाख मात्रै प्राप्त हुनेछ । स्व.दिपक रायमाझीको निर्देशन रहेको फिल्मामा निखिल उप्रेती, पूजा लामा, जय किसन बस्नेत लगायतको अभिनय छ । अभिनेता उप्रेतीको अब भने अभिनित फिल्म प्रदर्शनको लिस्टमा छैनन् । उनी हिन्दी फिल्म निर्देशनको तयारीमा छन् ।