Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.33/5.00)
Text size:-
+
-

सुरजलाई जिताउन धरानमा भोट अभियान

अर्पण ढकाल, धरान, 2013/06/30

नेपाल चलचित्र विकास कम्पनीले श्रावणमा आयोजना गर्न लागेको राष्ट्रिय चलचित्र पुरस्कारमा मनोनयनमा परेका निर्देशक सुरज सुब्बा 'नाल्बो'लाई बिजेता बनाउन धरानमा भोट अभियान सुरु हुने भएको छ ।

 

धरानकै बासिन्दा रहेका सुरज चलचित्र पुरस्कारमा व्यक्तिगत रुपमा सायद फिल्मबाट सर्वोकृष्ट निर्देशक र सर्वोकृष्ट पटकथामा मनोनयनमा परेका छन् । त्यस्तै सर्वोकृष्ट फिल्मको रुपमा सायद पनि मनोनयनमा परेको छ । तीन विधामा सर्वाधिक भोट जुटाएर सुरजलाई विजयी बनाउन धरानमा धराने कलाकार समूहको गठन गरेर अभियान थालिएको हो ।


धरानमा रहेका फिल्मकर्मीको सक्रियतामा समूह गठन गरिएको हो, जसको संयोजकको रुपमा निर्माता कलाकार किशोर सम्बाहाम्फे रहेका छन् । त्यस्तै उपसंयोजकको रुपमा बिष्णु मोक्तान रहेका छन् भने अरुण प्रधान, भिम लिम्बु, रबिन श्रेष्ठ लगायत सदस्य रहेका छन् । सो समूहले सुरजलाई धरानको गौरव घोषणा गर्दै पुरस्कारमा विजयी बनाउन धरानभर अभियानलाई बृहत बनाउने निर्णय समेत गरेको छ ।

 

अभियानको क्रममा धरानको विभिन्न चोकमा र दुई फिल्म घरमा सुरजलाई जिताऔं भन्ने भाव समेटिएको ब्यानर, फ्लेक्स राखिने भएको छ भने धरानको मुटु भानु चोकमा नि:शुल्क भोटिंगको स्टल समेत राखिने संयोजक सम्बाहाम्फेले जानकारी गराए । धरान शान्तिपथ घर रहेका सुरजले समग्र फिल्म क्षेत्रमा धरानको नामलाई रोशन गरेको बताउदै उनको सम्मानमा यो अभियान संचालन गरेको संयोजक सम्बाहाम्फेले बताए ।