Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

तस्विरमा जुवाडेको कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/06/29

मान्छे जन्मिने वित्तिकै कोही पनि ग्याम्बलर बन्दैन, उसलाई समय र परिवेशले ग्याम्बलर बनाउँछ । अभिनेता सुमन सिंह पनि समाजले बनाएको ग्याम्बलर हुन् । यहि भाद्र ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ग्याम्बलर'ले जुवाडेको कथा भन्ने छ ।

 

फिल्ममा अभिनेता सिंहले खराब लतमा लगेर जुवाडे बनेको भुमिका निर्वाह गरेका छन् । समाजको तितो यथार्थलाई बोल्ने यो फिल्मलाई यादव गुरूङको निर्माणमा रमेश बुढाथोकीले निर्देशन गरेका हुन् । सुमनको साथमा कल्पना शाही, सोनिया केसी, दिपक क्षेत्री लगायतको अभिनय रहेको यो फिल्ममा राजेश हमाल र बिना बुढाथोकी लामो समयापछि एकसाथ पर्दामा देखिंदैछन् । दर्शकले यो जोडीलाई कसम फिल्ममा देख्न पाएका थिए ।

 

शम्भुजित बाँस्कोटाको संगीत, हिमाल केसीको द्धन्दनिर्देशन, ब्रजेश खनालको पटकथा तथा संवाद रहेको यो फिल्म याक मुभिजको व्यानरमा बनेको हो । फिल्मका केहि तस्विरहरू -

 

 

 

 

 

 

More photos : http://www.filmykhabar.com/pictures/506