Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

असार २८ : जवान आर्यन भर्सेज फुच्चे आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2013/06/28

फिल्म 'दबाब' र 'नथिङ इम्पोसिवल' रिलिज हुन दुई हप्ता मात्रै बाँकी छ । यी फिल्मले असार २८ लाई अल नेपाल रिलिज डेट तोकेका छन् । रिलिज डेट साँघुरिदै जाँदा फिल्मको प्रचार भने फितलो देखिएको छ ।

 

 

दयाराम दाहाल निर्देशित 'दबाब'मा नायक आर्यन सिग्देल र निता ढुङ्गाना छन् । आर्यनको प्रतिक्षित फिल्म 'महसुश' भने साउन ३२ मा अल नेपाल प्रदर्शन हुनेछ । दयाराम निर्देशित 'दबाब' लभ स्टोरीमा आधारित छ । दबाबकै सुटिङको क्रममा नायिका निता ढङ्गानाले आमालाई गुमाएकी थिइन् । भानु महर्जनको प्रस्तुती रहेको 'दबाब'मा अनिता महर्जन निर्माताको रुपमा देखिएकी छिन् । असार २८ मा दबाब ३५ भन्दा बढी पर्दाबाट रिलिज हुने प्रस्तुतकर्ता भानु महर्जन बताउँछन् ।

 


विगत ३० वर्ष देखी फिल्म क्षेत्रमा आवद्ध फाइट मास्टर राजेन्द्र खड्गी निर्देशित फिल्म 'नथिङ इम्पोसिबल' एक्सन केन्द्रित फिल्म हो । फिल्ममा निर्देशक खड्गीका नाती आर्यन खड्गी लिड रोलमा प्रस्तुत भएका छन् । आर्यनले हर्ष राईडिङ देखि जोखिम पूर्ण स्टन्डका दृश्य दिएका छन् । साथमा आर्यनकी आमा रागिनी खड्गीले पनि 'नथिङ इम्पोसिवल'मा आइटम सङमा नृत्य पस्केकी छिन् । फिल्ममा राजेन्द्र खड्गीकी कान्छी छोरी रोमी खड्की पहिलो पटक प्रस्तुत भएकी छिन् । 'नथिङ इम्पोसिवल'लाई देशका करिब चालिस वटा पर्दामा हेर्न पाइनेछ ।