Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघ अझै बक्स अफिसको विपक्षमा

फिल्मीखबर, काठमाण्डौ, 2013/06/28

बक्स अफिस प्रणाली लागु गर्ने बारे चलचित्र संघले आफ्नो असहमतिलाई यथावत नै राखेको छ । हिजो विकास वोर्डसँग भएको छलफलमा बक्स अफिस प्रणाली लागु गर्ने बारे संघ सहमतिमा नआएको हो । फिल्म तथा हल वर्गीकरणको नीतिमा भने संघ सहमतिमा आएको छ ।


चलचित्र संघसँग भएको छलफल बारे जानकारी गराउन विकास वोर्डले आफ्नै कार्यालय चावाहिलमा निर्माता संघलाई बोलाएको थियो । त्यहाँ निर्माता संघको तर्फबाट अध्यक्ष राजकुमार राई, महासचिव केशव भट्टराई, प्रवत्ता सुरेश दर्पण पोखरेल, सदस्य माधव वाग्ले, डिग खड्का सहभागी थिए । वोर्डको तर्फबाट भने अध्यक्ष धर्मेन्द्र मोरवैता, प्रवत्ता अनुपम शर्मा लगायत उपस्थित थिए ।


चलचित्र संघले बक्स अफिस प्रणाली आफ्नै कन्सेप्ट अनुसार लागु गर्ने भन्ने भनाई राखेको बैठकमा वोर्डका प्रवत्ता अनुपम निर्रौलाले जानकारी गराए । प्रवत्ता निर्रौलाका अनुसार संघ आफ्नै कन्सेप्टमा बक्स अफिस सिस्टम तयार गरेर लागु गर्ने पक्षमा छ । संघले विकास वोर्डको दायरामा बक्स अफिस प्रणाली रहने भन्ने नीतिलाई अस्विकार गरेको छ ।


तर, निर्माता संघले भने साउन १ बाट फिल्म तथा हल वर्गीकरणसँगै बक्स अफिस प्रणाली नीति हर सम्भव लागु हुनुपर्नेमा जोड दिएको निर्माता संघका प्रवत्ता सुरेश दर्पण पोखरेलले बताए । उनले भने- 'यदि बक्स अफिस प्रणाली लागु नभएमा अर्को आन्दोलन गर्ने बैठकमा हाम्रो चेतावनी रह्यो ।'