Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फिल्मकर्मी भन्छन् : `होर्डिङ वोर्डको अप्सन देऊ`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/28

शहरलाई स्वच्छ र सुन्दर राख्ने नीति अर्न्तगत काठमाण्डौ महानगरपालिकाले राजधानीका होर्डिङ वोर्ड हटाउने कार्यलाई तिव्रता दिएको छ । नयाँ वोर्डलाई दर्ता अनुमती नदिने र मिति सकिएकालाई हटाउने महानगरपालिकाको योजना छ ।

 

शहर स्वच्छ राख्न काठमाण्डौ महानगरपालिकाको यस योजना प्रति भने फिल्मकर्मी रुष्ट देखिएका छन् । फिल्मकर्मीले फिल्मको प्रचारमा प्रयोग गरिएका होर्डिङ वोर्डलाई महानगरपालिकाले हटाए पछि प्रचारको अर्को विकल्प दिनुपर्ने भनाई राखेका छन् । महानगरपालिकाको होर्डिङ वोर्ड हाटाउने नीति प्रती असन्तुष्ट देखिएका निर्देशक निश्चल वस्नेत आफ्नो फेसबुक वालमा पोष्ट गर्छन् :


नमस्कार नेता ज्यू,
फिल्मको होर्डिङले सहरको सौन्दर्य बिगारेको बल्ल देख्नु भएछ.....हटाउने आदेश पनि दिनु भएछ...खुसी लाग्यो । अनि देशको सौन्दर्य कसले बिगार्दै छ त्यो पनि ख्याल गर्रौ न.....राजनितिक पम्प्लेट...पार्टीको नाराले सबै भित्ता रंगीचंगी...पार्टीको नेपाल बन्द गर्रौ भन्ने नारा पनि त जता ततै छन्...त्यहाँ चाहि कहिले आँखा पुग्ने हो ??


अर्को निर्देशक आकाश अधिकारी भने महानगरपालिकाले फिल्म प्रचारको लागी विकल्प दिनुपर्ने बताउँछन् । भन्छन्- 'शहरलाई साँच्चिकै सु्न्दर राख्न हाम्रो पनि समर्थन छ । तर फिल्म प्रचार कसरी गर्ने ? भन्ने बारे सरकारले तत्काल विकल्प दिनुपर्छ ।' नेपाली फिल्मका कतिपय दर्शक होर्डिङ वोर्ड हेरेकै भरमा हलमा जाने निर्देशक अधिकारी बताउँछन् ।


फिल्म निर्माता तथा होर्डिङ वोर्ड सप्लार्यसका सूर्य कार्की भने महानगरपालिकाले होर्डिङ वोर्ड हटाउने भन्दा पनि मापदण्ड तोक्नु पर्ने बताउँछन् । वार्षिक १० करोड नजिक कर संकलन हुने होर्डिङ वोर्ड हटाउने नीतिको विरोधी बारे कार्की भन्छन्- 'प्रोडक्ट कम्पनी प्रती सरकारले गरेको ज्याजती हो । वार्षिक करोडौको कर संकलन गरिरहेको स्वयम् सरकार किन शहरका वोर्ड हटाउँदै छ ? यो नीति कसैको निहित स्वर्थका लागी चालिएका कदम हो ।' होर्डिङ वोर्ड सम्बन्धीको रिट पुनरावेदनमा विचारधिन भएको अवस्थामा महानगरपालिकाले हटाउने नपाउने उनले बताए ।

   
त्यस्तै निर्देशक आशिफ शाहको तर्क छ- 'साँच्चै शहरलाई स्वच्छ राख्न होर्डिङ वोर्ड हटाउने नीति ल्याएको हो भने ठिक छ । तर, कमिशनको खेलमा यो नीति ल्याइएको हो भने आपत्ती छ ।' अब शहरका भित्ता र भवनमा दर्ता मिति बाँकी भएका फिल्मका होर्डिङ मात्रै हुनेछन् । फिल्म प्रचारको लागी गतिलै माध्यम बनेको होर्डिङ वोर्ड राख्न फिल्मकर्मीले महानगरपालिकाको साथ पाउने छैनन् । काठमाण्डौ महानगरपालिका भने होर्डिङ वोर्डको विकल्प बारे छलफल भैरहेको बताउँछ ।