Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशन्नको रोजाइमा पुन: केकी र राज

फिल्मीखबर, काठमाण्डौ, 2013/06/27

निर्देशक प्रशन्न पौडेलको अपकमिङ प्रोजेक्टमा राजवल्लभ कोइराला र केकी अधिकारी दोहोरिने भएका छन् । निर्देशक पौडेलेको डेव्यु फिल्म स्वर पछि राज र केकी एकसाथ देखिन लागेका हुन् ।

 

निर्देशक पौडेलले कलाकार बाहेक फिल्म बारे भने केही पनि खुलाउन चाहेनन् । फिल्मीखबरसँगको कुराकानीमा प्रशन्नले भने- 'प्रोजेक्ट बारे प्रायः सबै फाइनल भैसकेको छ । फिल्म निर्माण भएर प्रदर्शनको तयारीमा नआएसम्म हामी गोप्य राख्ने कोशिस गर्नेछौं ।' फिल्म गोप्य राख्नु बारे प्रशन्नको तर्क छ- 'स्वर पछि मेरो कुनै फिल्म प्रदर्शनमा आएको छैन । फिल्मी साथी बिच पनि प्रशन्नले फिल्म बारे धेरै गफ दिन्छ भन्ने परिसक्यो । त्यसकारण यो प्रोजेक्ट बारे केही नबोलेको हुँ ।'

 

म्युजिक भिडियो हुँदै फिचर फिल्म निर्देशनमा जम्प गरेका प्रशन्न निर्देशित फिल्म 'मेरो बेस्ट फ्रेन्ड' र 'इलाभेन स्ट्रिट' प्रदर्शनको क्रममा छन् । दुबै फिल्मको रिलिज मिती भने तय गरिएको छैन । मेरो बेस्ट फ्रेण्डमा रेश मरहठ्ठा, प्रियंका कार्की र दिवस उप्रेतीको मुख्य भुमिका रहेको छ भने इलाभेन स्ट्रिटमा रेश मरहठ्ठा, नमुना गैरे, विशाल भारती लगायतको अभिनय रहेको छ ।