Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अमेरिका उड्ने सपना देख्छन् राज

फिल्मीखबर, काठमाण्डौ, 2013/06/27

रजतपटमा करिअर सुरक्षित नदेखेपछि प्रायः नेपाली कलाकार विदेश उड्ने गर्छन् । देशमा परिचित कलाकारको विदेश उडाइ विदेशी मुलुकमा गर्नुपर्ने कामले निर्धारण गर्दैन ।

 

कलाकारको पहिलो रोजाइको देश अमेरिका हुन्छ । कतिपय कलाकार अहिले त्यहाँ ग्रीन कार्डको लागी संघर्ष गरिरहेका छन् । नेपाली कलाकारको प्रमुख गन्तव्य स्थल बनिरहेको अमेरिका उड्ने योजना राज आचार्यले पनि बनाएका छन् । फ्राइडे (असार १४) रिलिज फिल्म लभ फरेभर बारे गफ गर्न फिल्मीखबरको अनामनगर कार्यालयमा पिता शंकर आचार्य सहित आइपुगेका राजले उक्त योजना सुनाएका हुन् ।

 

हाँस्य श्रृङ्खला तीतो सत्यका हिट बाल कलाकार राज स्पेशल एपिरेन्समा प्रस्तुत भएको फिल्म लभ फरेभर असार १४ देखी अल नेपाल प्रदर्शन हुनेछ । सिनामंगल स्थित व्रिज वाटर उच्च माविबाट प्लस टुको अन्तिम परिक्षा दिएर बसेका १८ वर्षिय राजले अमेरिका उड्ने बारे भने- 'फुल स्कलरसिपको लागी अप्लाई प्रक्रिया बुझ्दैछु ।' प्रवेशिका प्ररिक्षामा ९१.२५ प्रतिशत अंक ल्याएका राजको प्लस टु साइन्समा हो ।

 

अमेरिका अध्ययनको सपना पुरा गर्न लागी परेका राज भन्छन्- 'प्लस टुमा ८५ प्रतिशत अंक ल्याएको छु । १२ पनि राम्रै हुने आशा छ । मेरो पढाइले स्कलरसिप पाउने कुरामा ढुक्क छु ।' राजले फिल्मको चटारो सक्ने बित्तिकै टोफेल क्लास ज्वइन गरेर राजदुतावासलाई आवश्यक कागज पत्र जुटाउने तयारी गर्ने बताए । युनिर्भसीटिले स्कलरसिप ओके गरेको खण्डमा राजले २०१४ को जनावरीमा अमेरिकी दुतावासलाई डकुमेन्ट बुझाउने छन् । अमेरिका उडेपछि अभिनय बारे राजको भनाई छ- 'मेरो पहिलो प्रथामिकता पढाइ हुनेछ । पढाइबाट बाँकी भएको समय अभिनयलाई दिन्छु ।'


राजको अभिनय यात्रा


बुवा शंकर आचार्य रंगकर्मी भएकाले राजलाई अभिनय पाठशाला नै परिवार बन्यो । नक्कल गर्न च्याम्पियन राजले साढे दुई बर्ष मै स्वास्थ्य सम्बन्धी विज्ञापनमा खेल्ने मौका पाए । टेलिफिल्ममा बाल कलकारको भुमिकामा देखिएका राजले चार वर्षमा विश्वास नामक फिचर फिल्ममा अभिनय गरे । १ दर्जन फिचर फिल्ममा अभिनय गरिसकेका राजले ९ वर्षमा दिपाश्री निर्रौला र दिपकराज गिरीको छोरा भएर टेलिफिल्म तीतो सत्यमा देखिए । तीतो सत्य पछि भने राज चर्चित बाल कलाकारका रुपमा चिनिए ।