भाद्र २१ गतेबाट प्रदर्शनमा आउन लागेको सुरज सुब्बा 'नाल्बो' निर्देशित फिल्म 'माई प्रमिश'को गीत रिलिज गरिएको छ । रिभेन्ज ड्रामा शैली अर्न्तगत रहेर निर्माण गरिएको लभस्टोरी फिल्मको प्रस्तुत गीतलाई एड्रिन प्रधानले गाएका हुन् । उक्त गीतमा महेश खड्काको शब्द तथा संगीत रहेको छ ।
दलालको फन्दामा परेर सिंगापुर पुर्याइएकी एक युवतीको कथालाई बुनिएको फिल्म 'माई प्रमिश'मा केकी अधिकारी, नर लिम्बु र रमेश राई मुख्य भुमिकामा छन् । टिएनआरजी प्रोडक्सनको व्यानरमा टंक लिम्बूले निर्माण गरेको यो फिल्मलाई सिंगापुर र नेपालमा सुटिङ गरिएको हो ।

