यो फ्राइडे लभ अक्षरबाट सुरु भएका दुई मात्रै नेपाली फिल्म रिलिज हुँदैछन् । यी दुवै फिल्मले रोमान्स, मिलन र विछोडको कथा भन्नेछन् । नेपाली मल्टिप्लेक्स स्टेशनमा यी दुई फिल्मको टक्कर विद्या वालन र इम्रान हस्मिन स्टारर हिन्दी फिल्म घनचक्करसँग हुनेछ ।
अभिनेता निखिल उप्रेतीले मुम्बई छिर्नु अघि अभिनय गरेका फिल्मको संख्या सकिएका छन् । पालो प्रणाली कुरेर बसेको फिल्म 'लभ स्टोरी २०६६' यो हप्ता रिलिज हुँदैछ । स्व. दिपक रायमाझी निर्देशित फिल्म 'लभ स्टोरी २०६६' पछि प्रदर्शनको पखाईमा कुनै पनि फिल्म नरहेको वितरक सुनिल मानन्धरले बताए । 'लभ स्टोरी २०६६'लाई वितरक मानन्धरले नै गरेका छन् ।
हिन्दी फिल्मको निर्देशन गर्ने खबर सार्वजनिक गरेका निखिलको यो फिल्ममा एक्सन रोल छ । नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि निखिल नेपाली फिल्मलाई छोडेर मुम्बई गएका थिए । काठमाण्डौ र मोफसलमा प्रदर्शन हुने फिल्म 'लभ स्टोरी २०६६'मा निखिल सहित अर्जुन कार्की, पू्जा लामा, जय किसन वस्नेत, सञ्चिता गुरूङ लगायतको अभिनय छ । मदनमान ताम्राकार कार्यकारी निर्माण रहेको फिल्मलाई लक्ष्मीनारायण सुवालले निर्माण गरेका हुन् । फिल्मको लगानी ७० लाख भन्दा माथि रहेको भनाइ छ ।
.jpg)
'लभ स्टोरी २०६६'सँग यो शुक्रबार यौनको विषयलाई आधार बनाईएको फिल्म लभ फरेभर प्रदर्शनमा आउँदैछ । कलाकार शंकर आचार्यको निर्माण एवम् निर्देशन रहेको यस फिल्ममा सुमिना घिमिरे, गजित विष्ट, निरज बराल, शंकर आचार्य लगायतको अभिनय छ । लभ फरेभरमा तीतो सत्यका बालकलाकार राज आचार्यको पनि अभिनय छ । यो फिल्म राजधानीको एफक्यूव अन्र्तगत केएल टावर सहित देशका विभिन्न स्टेशनमा प्रदर्शन हुनेछ । फिल्मले यौन चाहना अत्याधिक बढी भएकी युवती र विपरीत यौन चाहना भएको युवक बिचको प्रेमकथा बोकेको छ ।
सुमिना सुटिङमा
मुख्य पात्र सुमिना घिमिरे लभ फरेभरको प्रचारमा सहभागी छैनन् । सुमिना नवल खड्काको फिल्म भिमदत्तको छायाँकनका लागी डडेल्धुरामा छिन् । लभ फरेभरका निर्देशक तथा निर्माता शंकर आचार्यले झुठ बोलेको भन्दै फिल्मको प्रोमोशनबाट बहिस्कार गरिएको घोषणा गरेका थिए । सुमिना बहिस्कारले चर्चामा आएको लभ फरेभरलाई दर्शकले भने बहिस्कार नगरुन् ।

