Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दुई संघको सहमती : प्रचार खर्च हलले नै तिर्नुपर्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/06/26

वर्तमान फिल्म बजारको उत्थानमा चलचित्र निर्माता संघ र चलचित्र संघले आपसी छलफल सुरु गरेका छन् । दुई संघ बिच ०७० असार ११ गते बुधबार चलचित्र संघको कार्यालय विशालनगरमा छलफल भएको छ ।

 

दुई संघका प्रतिनिधि बिच प्रचार खर्च हलले काट्ने कि नकाट्ने ?, भिपीसी चार्ज कस्ले तिर्ने ?, हप्तामा दुई मात्रै फिल्म रिलिज गर्ने र फिल्म प्रदर्शन गर्नु पूर्व दुई संघमा दर्ता गराउनु पर्ने एजेन्डा माथि छलफल भएको थियो । बैठकमा सहभागी चलचित्र संघका वितरण सभापती नरेन्द्र महर्जनले जानकारी गराए अनुसार हलले मोफसलमा लिंदै आएको प्रचार खर्च निर्माताको खल्तीबाट नकाट्ने र रिलिज पूर्व फिल्म निर्माता तथा चलचित्र संघमा दर्ता गराउने भन्ने विषयमा लगभग सहमती भएको छ ।

 

निर्माता संघको उक्त एजेन्डा माथि वैठकले निकालेको निष्कर्श बारे वितरण सभापती महर्जन भन्छन्- 'दुई बुँदामा सहमती भएपनि हलको भिपीसि चार्ज र हप्तामा दुई वटा मात्रै फिल्म रिलिज बारे भने चलचित्र संघको कार्य समिति बैठक पछि मात्रै आधिकारीक धारणा आउनेछ । भोली नै कार्य समिति बैठक बसेर निर्माता संघसँग तत्काल अर्को बैठक बस्ने उनले बताए ।

 

त्यस्तै चलचित्र संघ फिल्म क्षेत्रको विकासको पक्षमा रहेको उनले बताए । उनले भने- 'चलचित्र संघको जोड भनेको हलवाला र निर्माता दुबैलाई फाइदा हुने नियम लागु हुनुपर्छ भन्ने हो ।' वैठकमा चलचित्र संघको तर्फबाट उप-महासचिव मधुसुदन श्रेष्ठ, सदस्य गोपाल कायस्थ, प्रदर्शन सभापती विक्रम पराजुली र वितरण सभापती नरेन्द्र महर्जन सहभागी थिए । त्यस्तै चलचित्र निर्माता संघबाट सभापती केशव भट्टराई, सचिव छविराज ओझा, कोषाध्यक्ष प्रज्ञा जोशी र सदस्य विरेन श्रेष्ठ सहभागी थिए ।

 

चलचित्र संघले बक्स अफिस, फिल्म तथा हल वर्गीकरण प्रणाली माथि विपरीत धारणा राख्दै आएको छ ।