Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`मैले किस गर्न छोड्दा फिल्म चलेन` : मुकेश ढकाल

फिल्मीखबर, काठमाण्डौ, 2013/06/26

भिडियो मोडल मुकेश ढकाल अभिनेत्री मेलिना मानन्धरसँग वैवाहिक सम्बन्ध विस्तार गरेपछि भने नायकका रुपमा चिनिए । हलचल नामक नेपाली फिल्मबाट व्रेक पाएका मुकेशले १५ फिल्ममा अभिनय गरिसकेका छन् ।

 

एक्सिडेन्ट फिल्मको सुटिङ सकाएर रेष्टमा रहेका मुकेशले फिल्मीखबरसँग अनौठो वाक्य व्यक्त गरेका छन् । साढे दुई वर्षे छोरी मेलिस्काका पिता मुकेशले फिल्म लफडामा अभिनेत्री झरना थापासँग किस गर्ने सपना अधुरै रहेको बताए । नेपाली सिरियल किसरको रूपमा चिनिएका मुकेशले भने- 'किस गर्न कुनै आपत्ती थिएन । तर, कथाले नमागी कहाँ किस गर्न पाइयो र !'

 

फिल्म आफ्नो मान्छे आफ्नै हुन्छ  र निगरानीमा अभिनेत्री अरुणीमा लम्सालसँग लामै किस सिन दिएका मुकेशले हाँस्य शैलीमा भने- 'मैले किस गर्न पनि छोडें नेपाली फिल्म पनि चल्न छोड्यो ।' मुकेशले स्क्रिनमा हाम्रो माया जुनी जुनीलाईमा नीता ढुंगानासँग र प्लानमा रागिनी खड्गी, अनुस्का ढकाल, अनिता दाहाललाई किस गरे ।

 

स्क्रिनमा चुम्बन गर्न मन लागेको नायिका बारे मुकेश भन्छन्- 'यो नै भन्ने छैन । फिल्मको क्यारेक्टरमा भर पर्छ । आवश्य परे करिश्मा मानन्धर देखी नयाँ नायिकासँग पनि किस गर्नुपर्ने हुन्छ ।' किशोर चौधरी निर्देशित लफडामा चुम्बन गर्नबाट चुकेका मुकेश ठट्टा गर्दै भन्छन्- 'किस सिन दिने फिल्मको पर्खाइमा छु ।' मुकेशले किस नगरेरै फिल्म नचलेको भए निर्माताहरूले मुकेशलाई किस गर्न दिने पो हो कि !