असारको चर्को घाम । गौशला हाईटमा रहेको राम मन्दिर परिसरको शान्त वातावरण । मध्यान्ह भएकाले दर्शन गर्नेको चाप थिएन । यही वातावरणमा अभिनेत्री रेखा थापा र नायक किशोर खतिवडा फाईट खेलिरहेका भेटिए ।
कलाकारको फाइट हेर्न केही सर्वसाधरण पनि वरिपरी थिए । रेखा र किशोरको फाईट आपसी दुश्मनी वा कुनै खेल प्रतियोगिताको लागी भने थिएन । उनीहरुको यो फाईट फिल्म कालीको लागी थियो । रेखा र किशोरलाई फाईट हान्न द्धन्द्ध निर्देशक रोशन श्रेष्ठ गाईड गरिरहेका थिए । रोशन सुटिङ सेटमा भन्दै थिए- 'फाईट चाहि साँच्चैको देखियोस् है ।' यसअघिका फिल्ममा पनि फाईट हानेकी रेखाले भनिन्- 'तपाई भन्नुस् मात्र दाई म कुट्न देखी कुटाई खान पनि तयार छु ।'
अभिनेत्री रेखा थापाको फिल्म कालीको काठमाण्डौमा छायाँकन भैरहेको छ । काली युनिट विरगञ्जमा ६५ प्रतिशत छायाँकन गरेर यही साता राजधानी फर्किएको हो । बाँकी ३५ प्रतिशत दश दिन भित्र प्याकअप हुने निर्देशक शविर श्रेष्ठले बताए ।
रेखा प्रमुख भुमिकामा प्रस्तुत भएको कालीमा किशोर खतिवडा, नन्दु श्रीवस्तव, ध्रुब कोइराला, शिरु विष्ट र बाल कलाकार अनुभव रेग्मी देखिनेछन् । रोशन श्रेष्ठको द्धन्द्ध, शिव ढकालको छायाँकन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत छ । कविराज गहतराज नृत्य निर्देशन रहेको काली फिल्मको गीतमा किरण खरेलको शब्द छ । एक्सन फिल्म कालीलाई तिहारमा रिलिज गरिने लक्ष्य छ ।
गौशला स्थित राम मन्दिरमा छायाँकन गरिएको फिल्म कालीका तस्बिरहरू :




