Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`मिस यु`पछि मिस भए दिलिप

फिल्मीखबर, काठमाण्डौ, 2013/06/25

महत्वकांक्षी प्रोजेक्ट `मिस यु`ले सोचे अनुरुप सफलता पाउन नसकेपछि नायक दिलिप रायमाझीले अर्को प्रोजेक्ट निर्माणको साहस जुटाउन सकेका छैनन् । दिलिप सहित नम्रता श्रेष्ठ, वरुण राणा सहितको अभिनय रहेको यो फिल्मले व्यापार ठिकै गर्‍यो तर लगानी भने रिकभर गर्न सकेन ।

 

केही समय अगाडी निर्देशक तुलसी घिमिरेलाई लिएर दिलिप होम प्रोडक्सन फिल्मको तयारीमा जुटेका थिए । तर वर्तमान फिल्मी बजारको स्थितिलाई हेरेर उनले केही समयलाई फिल्मको निर्माणको प्रक्रिया रोकेका छन् । दर्पणछायाँ हिट हिरो दिलिप अन्य व्यानरमा पनि देखिएका छैनन् । पर्दाको अभिनयबाट विश्राम लिएका दिलिप अहिले भने देश विदेशमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा सहभागिता जनाईरहेका छन् ।

 

नृत्य र अभिनयमा जीवन्त देखिने दिलिपलाई दर्शकले मिस यु पछि भने मिस गरिरहेका छन् । उनले अभिनय गरेको फिल्म 'डेस्टिनेशन काठमाण्डू'को सुटिङ लामो समयदेखि अबरूद्ध छ । निर्देशक दीपक रायमाझीको निधन भएपश्चात यो फिल्मको सुटिङ रोकिएको हो । राजेश हमालले यो फिल्मलाई पूरा गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म पूरा हुन सकेको छैन ।