Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

जो कपडा खोलेरै चर्चामा आए !

फिल्मीखबर, काठमाण्डौ, 2013/06/25

एक समय फिल्मी बजारमा रेखा थापाको मिनीस्कर्टको खुबै चर्चा भयो । रेखाको फिल्म हिट हुनुलाई उनले लगाउने गरेको छोटो पहिरनसँग टिप्पणी गरियो । छोटा कपडा लगाएर चर्चा र विवादमा तानिएकी रेखा पछिल्ला फिल्ममा भने साडी र कुर्तामा देखिन थालेकी छिन् ।

 

रेखा सभ्य पहिरणमा प्रस्तुत भैरहँदा अन्य नायिकामा भने कपडा कसले कम लगाउने ? भन्ने होड नै चलेको छ । फिल्ममा कथाले मागे जति खोल्न तयार हुने नायिका एक्सन कटबाट टाढिएका देखी फिल्मी दुनियाँमा स्टार हुने सपना देख्ने सम्मका छन् । कपडा खोल्ने, वेड तथा किस सिन दिएर चर्चामा आए केही नायिकाको बारेमा फिल्मीखबरले चर्चामा गरेको छ :-


जिया केसी, एटिएम/ बर्बाद
फिल्म पाउन संघर्ष गरिरहेकी जिया केसीलाई एटीएम र बर्बाद फिल्मले चर्चामा ल्यायो । फिल्ममा उनले लगाएको पहिरन, डायलग डेलिभरी, नायकसँग दिएको अन्तरंग दृश्य मिडियाको मसला बन्न पुगे । जानुकाबाट जिया बनेकी जियाले फिल्म दिएको दृश्यबारे मिडियामा बोल्दै फुर्सद पाइनन् । जियासँगै एटीएमका सोनिया शर्मा र सविना कार्की पनि चर्चामा आए । तर, एटीएम र बर्बाद दुवै फिल्मलाई सेन्सर वोर्डले अश्लिलताको पराकाष्ठ नाघेको भन्दै प्रदर्शनमा रोक लगाएको छ ।


विनिता बराल, चपली हाईट


डेव्यु फिल्म चपली हाईटबाटै विनिता वराल रातारात हिट बनिन् । के म तिम्रो साथी बन्न सक्छुबाट आउट भएपछि आत्महत्या गर्ने धम्की दिएकी बिनिता चपली हाइटबाट चर्चामा आउनुको एउटै कारण थियो, फिल्ममा उनले दिएको सेक्सी हाउभाउ र दुई नायक आमिर गौतम र राज घिमिरेसँगको अन्तरंग दृश्य । पर्दामा अंग ढाक्ने पहिरन लगाएपनि फिल्म चपली हाईटको पोष्टरमा भने विनिता नेकेड बनिन् । बिनिता नाङ्गीएको पोष्टर मिडियामा चटपटे मसलाको रूपमा प्रयोग भयो । चपली हाइटबाट चर्चामा आएकी विनिता दोस्रो फिल्म फुलस्टबाट भने छायाँमा परिन् ।


शुष्मा कार्की, विन्दास


फिल्म विन्दास मार्फत उध्रेको चोली आइटम गर्ल शुष्मा कार्की चर्चामा आइन् । बिशेषत: बिन्दासमा शुष्माको अर्धनग्न तस्विरलाई हाईलाईट गरेर बनाईएको पोस्टर निकै हिट भयो । त्यहि पोस्टरका कारण निर्देशक राजु गिरी र नायिका कार्की बिच लफडा समेत भयो । स्क्याण्डलकै रूपमा निर्माण गरिएको सो फिल्मको पोस्टर र शुष्मा मात्र हिट बनेनन्, फिल्मले पनि राम्रै पैसा कमायो । मेरो जीवन साथीमा राजेश हमालसँग बेस सिन दिएकी शुष्माको भने त्यो फिल्मबाट त्यति चर्चा हुन सकेन ।

 

पूजना प्रधान (स्त्री), रक्षा


फिल्म श्रीमान् पछि हराएकी पूजना स्त्रीलाई रक्षा फिल्मले चर्चामा ल्यायो । निर्देशक राजु गिरी बिन्दासमा शुष्मालाई चर्चामा ल्याए भने रक्षामा पोस्टर काण्डले नै पूजनालाई चर्चामा ल्याए । निर्देशक गिरीले रक्षामा नायक कुशल थापासँग वेड सिन दिन लगाएको वेड सिन बारे फिल्मी बजारमा राम्रै चर्चा चलेको थियो । पूजनाको वेड सिनको चर्चा भएपनि रक्षा व्यापारिक रुपमा भने सफल हुन सकेन ।


अरुणीमा लामा, किन किन


फिल्म किन किन मार्फत अरुणीमा लामा हट नायिकाको रुपमा उदाउनेछिन् । फिल्ममा उनले अभिनेता राजेश हमालसँग वेड तथा किस सिन दिएकी छिन् । तर, पारिश्रमीकमा विवाद भएपछि अरुणीमाले बिचबाटै सुटिङ छाडेको बताइन्छ । उनले फिल्मको प्रोमोशनमा नहिड्ने बताएकी छिन् । किन किन रिलिज नहुंदै चर्चामा आएकी अरुणीमाले किन किन रिलिज पश्चात भने कस्तो चर्चा पाउँछिन् ? प्रतिक्षा गर्रौ ।