Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्चनाको छल्कियो जवानी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/06/25

भाद्र २८ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'ढुवानी'को आईटम गीत रिलिज गरिएको छ । 'छलक छलक...' बोलको सार्वजनिक आईटम गीतमा अष्ट्रेलियामा बस्दै आएकी अर्चना देल्ललाले आफ्नो जवानी छल्काएकी छिन् ।

 

आईटम गीतका लागि छुट्टै स्वरकी धनी आस्था राउतले गाएको प्रस्तुत आईटम गीतको शब्द भुपेन्द्र खड्काले लेखेका हुन् भने संगीत हरि लम्सालको रहेको छ । यस्तै दर्पण छायाँबाट करियोग्राफीमा चम्केर केहि समय गुपचुप रहेका पूर्नम राईले अर्चनाको जवानीलाई भरपूर देखाउने प्रयास गरेका छन् ।

 

चेलिबेटी बेचबिखनको कथा बोकेको ढुवानीलाई कविता श्रेष्ठको प्रस्तुतीमा मञ्जिल श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन पिताम्बर पाण्डेले गरेका हुन् । फिल्ममा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, अनुजा गायक, सगुन शाही लगायतको अभिनय हेर्न सकिनेछ । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ ।