सुदूर पश्चिमका जिल्ला जति राजधानीबाट टाढा छन्, त्यती नै सुन्दर पनि । एउटा कोठा र बगैंचामा खुम्चिन पुगेको नेपाली फिल्मले सुदूर पश्चिमबाट धेरै प्राकृतिक सौन्दर्यलाई कैद गर्न सक्छ ।
एशियाकै नमुनाको रूपमा रहेको चर्चित चाँदनी दोधारा पुल, कर्णाली पुल, कैलालीस्थित टिकापुर पार्क, घोडाघोडी ताल, खप्तड राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षण लगायतका सुन्दर स्थान सुदूर पश्चिमका आकर्षण हुन् । यहि सुदूर पश्चिममा क्षेत्रलाई फिल्मकर्मीले पर्दामा उतार्न सक्नेछन् जसबाट दर्शकले समेत नयाँ टेस्ट लिन पाउनेछन् ।

कैलालीबाट सञ्चारकर्मी विकास लामिछाने भन्छन्- 'फिल्म सुटिङमा स्थानिय सघाउन तयार छन् । सुरक्षा एवम् लजिङ फुडिङमा समस्या छैन । यस्को व्यस्थापनमा स्थानिय निकाय उत्साही छ ।' सुन्दर क्षेत्र भएपनि राजधानीबाट टाढा भएकाले सुदूर पश्चिमका जिल्ला क्यामेरामा कैद हुन नसकेको फिल्मकर्मीको भनाई छ । पछिल्लो समय म्युजिक भिडियोमा राम्रै कैद भएको सुदूर पश्चिमलाई व्रेकफेल, हनीमुन, दुलही रानी, क्रेजी लभ लगायत एक दर्जन भन्दा बढी फिल्मले भने त्यहाँ छायाँकन गर्ने शाहस जुटाएका छन् ।

नवल खड्काको फिल्म भिमदत्त पनि अहिले डढेलधुरा सहितका सुदूर पश्चिम जिल्लाको सुटिङमा छ । साथमा स्थानिय तथा केही लघु फिल्मले पनि त्यहाँको लोकेशनलाई क्यास गरेका छन् । काठमाडौका गल्ली, नगरकोट र चोभार लगायतका शहर आसपासका दृश्य हेरेर वाक्क भएका दर्शकका लागी सुदूर पश्चिम फ्रेस लोकेशन बन्न सक्नेछ । सञ्चारकर्मी लामिछाने भन्छन्- 'पर्दामा देखेका कलाकारलाई आफ्नै ठाउँमा देख्न पाउने यहाँका स्थानियको चाहना छ ।'

यति मात्र हैन सुदूर पश्चिमको आफ्नै छुट्टै आकर्षक कला संस्कृति छ । त्यसलाई पनि फिल्मकर्मीले आफ्नो कथामा उतार्न सक्छन् । केहि फिल्ममा त सुदूर पश्चिमको कथा तथा गीतसंगीतलाई दर्शकले पर्दामा हेर्न र सुन्न पाएका छन् । तर स्थानिय दर्शकहरू भने अझै सन्तुष्ट हुन नसकेको बताउँछन् । सुदूर पश्चिमेलीको एउटै आवाज- 'हामी हरेक क्षेत्रमा धनी छौं मात्र खाँचो तपाईंहरू (फिल्मकर्मी)को हेर्ने नजरको छ ।'
सुदूर पश्चिममा छायाँकन गरिएको फिल्म 'ब्रेकफेल'को गीत

