Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

राघव : स्काईपबाटै फिल्म निर्देशन

फिल्मीखबर, काठमाण्डौ, 2013/06/22

प्रबिधी, समयको सदुपयोग गरि आर्थिक भार कम गर्न फिल्म 'राघव' लाई निर्देशन गर्न लागेका भुपेन्द्र भट्टराईले स्काईपबाट फिल्म निर्देशन गर्दैछन् । हाल अमेरिकामा रहेका भुपेन्द्रले यहि जुन २४ र २५ तारिखका दिन नेपालमा हुन लागेको सुटिङको स्काईपबाट नै निर्देशन गर्ने जानकारी गराए ।

 

भुपेन्द्रले नेपालमा सुटिङका लागि निर्देशनको जिम्मा छाप्रोमा प्रोडक्सनका राजन कठेतलाई दिएका छन् । 'मैले सुटिङको सम्पूर्ण सट लिस्ट पठाईसकेको छु र स्काईपबाट पनि निर्देशन गरिसकेको छु,' फिल्मीखबरसँग कुरा गर्दै भुपेन्द्रले भने- 'कलाकारहरूसँग पनि फिल्मको बारेमा सबै कुरा भईसकेको छ । काम राम्रो हुनेछ भन्ने आश छ ।' सर्वनाम थिएटर र कोटेश्वर एरियामा फिल्मको सुटिङ गरिनेछ जसको छायाँकन शैल श्रेष्ठ र अलि रसिदले गर्दैछन् ।

 

 

राघव नामक क्यारेक्टरको इमोश्नल जर्नीलाई कथाबस्तु बनाईएको यो फिल्मको नेपालको पार्टमा अशिष्मा नकर्मी, बसन्त भट्ट र गीता अधिकारीले अभिनय गर्नेछन् । रोमाण्टिक ड्रामा 'राघव'को मुख्य भुमिकामा शिबिर पोखरेल र अस्मिता ढकाल देखिनेछन् । यसै फिल्मबाट डेब्यू गर्न लागेका यि दुई नयाँ अनुहारले भने अमेरिकामा नै बिग स्क्रिनका लागि क्यामेरा फेस गर्नेछन् । यहि जुन २७ तारिखबाट अमेरिकामा सुटिङ गर्ने भुपेन्द्रले जानकारी दिए ।

 

 

केहि समय रेस्ट गर्दै २५ दिनको सेड्यूल सहित ५ दिन एक्स्ट्रा टाईम राखि अगस्ट १८ तारिख भित्रमा सुटिङ  सक्ने लक्ष्यका साथ फ्लोरमा जान लागेको भुपेन्द्र बताउँछन् । अभिनेता राजबल्लभ कोईराला निर्माता रहने यो फिल्म  राजबल्लभ कोईरालाको राजबल्लभकोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टाकिज नेपालको प्रोडक्सनमा निर्माण हुनेछ । फिल्मको बजेट १२ लाख रूपैंया रहने बताईएको छ ।