चपली हाईटकी हट गर्ल बिनिता बरालको परिचय कलाकारमा मात्र सिमित रहेन् । बिनिता केही समय पछि एक कुशल अर्गानिक फार्म हाउस सञ्चालककी रुपमा समेत परीचित हुनेछिन् ।
फिल्म भन्दा बाहिरका दुई व्यक्तिसँगको सहकार्यमा सुपरहिट विनिताले काठमाण्डौ नजिकै रहेको टोखामा अर्गानिक ग्रिन हाउस फार्म सञ्चालनमा ल्याएकी छिन् । ३ रोपनी भाडाको जग्गामा अर्गानिक तराकारी तथा फलफूल खेती गरिने बिनिताले जानकारी गराइन् । फिल्म सुपरहिट मार्फत तेस्रो पटक दर्शक माझ आउने तयारी गर्दै गरेकी विनिताले भनिन्- 'युवावर्गलाई कृषिमा लाग्न प्रोत्साहन स्वरुप फार्म हाउस सञ्चालन गर्न लागिएको हो ।'
फार्म हाउस सञ्चालन र अर्गानिक खेती बारे आफूले कक्षा पनि लिईरहेको बिनिताले बताईन् । फिल्म भन्दा पनि म्युजिक भिडियोमा व्यस्त बिनिता भन्छिन्- 'अहिले फार्म हाउसमा टनेल बनाउदै छौ । खेती लगाउन थालेपछि टोखामै आर्गानिक पसल सञ्चालनमा ल्याउने योजना छ ।' फार्म हाउसमा भने तीन जनाको ३/३ लाख लगानी हुने उनले बताईन् ।
अर्गानिक फार्म हाउस सञ्चालन गर्न लागीएको बारे विनिताले हाँस्दै भनिन्- 'फिल्म नपाएर चाहि फार्म हाउस खोल्न लागिएको हैन है ।' त्यस्तै गोप्य रुपमा बिहे गरेको भन्ने समाचारले फिल्मी बजार गर्माएकी विनिता भन्छिन्- 'हल्ला पनि कस्तो चल्छ ? केटा नै नभइ कोसँग बिहे गर्नु ? मत बिहे गर्ने केटाको खोजीमा छु ।'

