Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

विश्व संगीत दिवस : पपुलर पाँच फिल्मी गीत

फिल्मीखबर, काठमाण्डौ, 2013/06/21

आज (जुन २१) नेपाल सहित विश्वका मुलकले विश्व संगीत दिवस सेलिव्रेट गरिरहंदा नेपाली फिल्मी गीत तथा संगीतको स्तर, चर्चा र लोकप्रियता बढ्दो नभएको सर्जकको गुनासो छ ।

 

वर्ष ०६९ मात्रै करिब एक सयको संख्यामा फ्रेस नेपाली फिल्म रिलिज भए । एउटा फिल्ममा कम्तीमा दुई देखी चार सम्मका गीत समावेश भएको पाइन्छ । यसर्थ वर्ष ०६९ देखी ०७०को प्रारम्भमा प्रदर्शन भएका फिल्ममा समावेश गीतको मध्यम आँकडा निकाल्दा ३ सय पुग्न जान्छ । फिल्मीमा समावेश सबै गीत हिट नमानिए पनि फिल्मी गीत संगीतले निराशा भने नपारेको सर्जकको दाबी छ । तर फिल्मी गीतले जसरी बजार तताउनु पर्ने हो त्यसरी बजार भने नतताएको सर्जक स्विकार गर्छन् ।

 

'संगीतमा निर्माता लगानी नै गर्न चाहदैनन् । सर्जकलाई एकदमै न्युन पारिश्रमीकमा सृजन गर्न लगाइन्छ,' फिल्मी संगीत बारे संगीतकार सुरेश अधिकारी भन्छन्- 'जब सर्जक नै सन्तुष्ट छैनन् भने सृजना कसरी उत्कृष्ट बन्न सक्छ ?' सर्जक प्रती राज्य पनि जिम्मेवार हुनु पर्ने उनको तर्क छ । करिब ६० फिल्ममा संगीत दिइसकेका बसन्त सापकोटा भने चलेका फिल्म गीत संगीतकै उपज हो भन्छन् । बसन्तले संगीत दिएको गाला रातै र म पागल बन्न सक्छु बोलको गीतले बजारमा राम्रै चर्चा पायो ।

 

निर्माताले संगीतलाई कम महत्व दिनुको कारण बारे बसन्तको तर्क छ- 'अहिले गीत संगीत भन्दा पनि अश्लिल फिल्म निर्माणको बाढी छ ।' यौन र हिंसाका फिल्मी गीत संगीतलाई कम प्राथमिकता दिने कारणले संगीत पक्ष ओझेलमा परेको भन्दै बसन्त भन्छन्- 'फिल्म चलाउने संगीत नै उत्तम पक्ष हो ।'

 

वर्ष ०६९ देखी ०७०को प्रारम्भसम्म प्रदर्शनमा आएका पाँच चर्चित फिल्मी गीत यस प्रकार छन् :-

 

पागल म बन्न सक्छु....  

फिल्म : रिदम
संगीतकार : बसन्त सापकोटा

शब्द : डा कृष्णहरि बराल
स्वर : दिपक लिम्बु र रजिना रिमाल

 

गाला रातै...


फिल्म : नोटबुक
संगीतकार : बसन्त सापकोटा
शब्द : राजेन्द्र थापा
स्वर : प्रल्हाद तिमल्सिना र मिलन अमात्य

 

माया यो माया...


फिल्म : मायाज बार
संगीत : सुरेश अधिकारी
शब्द : सुरेश अधिकारी
स्वर : आस्था राउत र दिनेश डिसी

 

बाटो मोडेर गयौ...


फिल्म : बिन्दास
संगीत : अर्जुन पोखरेल
शब्द :   अमृत रेग्मी
स्वर : शिव परियार

 

जादू...

फिल्म : मञ्जरी
संगीत : कालिप्रसाद बाँस्कोटा
शब्द : कालिप्रसाद बाँस्कोटा/ सबिन 'एकतारे'
स्वर : सनुप पौडेल र पुष्पा गुरूङ