Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

भाँचियो केकीको `24`को कम्मर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/06/21

भाद्र महिनामा प्रदर्शन गर्ने तयारीका साथ तिब्र रूपले पोष्टप्रोडक्सनको कामलाई अगाडी बढाईरहेका 'माई प्रमिश' निर्देशक सुरज सुब्बाले गीत रिलिज गरेका छन् ।

 

महेश खड्काको शब्द तथा संगीतमा राजेश पायल राई र रजिना रिमालको स्वर रहेको प्रस्तुत डान्सिङ आईटममा केकी अधिकारीको साथमा सिङ्गापुरे लाहुरेद्धय नर लिम्बु र रमेश राईलाई गोबिन्द राईले आफ्नै स्टाईलमा नचाएका छन् ।

 

रिभेन्ज ड्रामा शैली अर्न्तगत रहेर निर्माण गरिएको यस लभस्टोरी फिल्मको सुटिङ सिङ्गापुर सहित नेपालमा गरिएको हो । दलालको फन्दामा परेर सिंगापुर पुर्‍याइएकी एक युवतीको कथालाई बुनिएको फिल्म 'माई प्रमिश'लाई निर्देशक सुब्बाले नै लेखेका हुन् ।

 

टिएनआरजी प्रोडक्सनको व्यानरमा टंक लिम्बूले निर्माण गरेको यो फिल्ममा केकी, नर र रमेशको साथमा विल्सन विक्रम राई, अनुराग मान सिहं कुवँर, आकाश खवास, मार्टिन खानलगायतको अभिनय हेर्न सकिनेछ ।