Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

जीवन र शुष्माको रोमान्स `प्याकअप`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/20

औसत हिट फिल्म विन्दासको सिक्वेल 'विन्दास-२'को सुटिङ प्याकअप भएको छ । जेठ ११ गतेका दिन भद्रकालीमा शुभ साइत गरेर सुरु भएको सुटिङ करिब एक महिना (२६ दिन)मा बालाजु ल्याबबाट सकिएको हो ।

 

यो साताबाटै 'विन्दास-२'को सम्पादन कार्य सुरु गरिने निर्देशक राजु गिरीले जानकारी दिए । निर्देशक गिरीले भने- 'फिल्मको सम्पादन कार्य सक्दो चाँडो सक्ने लक्ष्य छ ।' निर्माता मधुकुमार श्रेष्ठले फिल्मलाई तिहारको अवसर पारेर कार्तिक १५ गतेलाई अल नेपाल रिलिज गर्ने बताएका छन् । फिल्म जुध्दा घाटा हुने उल्लेख गर्दै उक्त मितिमा आफ्नो फिल्म रिलिज हुने बारे उनले एक साप्ताहिक पत्रिकामा सुचना नै छपाएका थिए ।


'विन्दास-२'मा जीवन लुइँटेल र शुष्मा कार्की लिड रोलमा प्रस्तुत भएका छन् । साथमा विन्दासका सुशान्त कार्की पनि मुख्य भुमिकामा रहेका छन् । उच्च खानदानीमा ड्रग्सको कसरी प्रयोग हुन्छ ? भन्ने बारे देखाउन खोजिएको 'विन्दास-२' फिल्म विन्दास जस्तो उत्तेजक नहुने बताइएको छ । नायिकालाई कपडा खोल्न लगाएर होस् या नायकसँग वेड दिन दिन लगाएर प्रायः यस्तै स्क्यान्डलले चर्चामा आउन रुचाउने निर्देशक गिरीले विन्दासको सिक्वेललाई कत्तिको सभ्य बनाएका छन् ? आंशिक अनुमान प्रोमो र पोष्टर्स आउट भएपछि नै थाहा हुनेछ । यद्यपी निर्माता श्रेष्ठले भने 'विन्दास-२'मा भल्गर र आपत्तीजनक दृश्य नभएको दाबी गरेका छन् ।

 

 

सिसाका लागि जीवन सिक्किम जाँदै


व्याय फ्रेन्डसँग व्रेकअप लिएकी नायिका शुष्मा कार्कीसँग 'विन्दास-२'मा रोमान्स गरेका नायक जीवन लुइँटेल 'सिसा' सुटिङको लागी यही शनिबार (जेठ ८ गते) सिक्किम तर्फ जाँदैछन् । आरविके शरदले निर्देशन गरिरहेको यो फिल्ममा जीवन मुख्य भुमिकामा प्रस्तुत हुनेछन् । तर आफ्नो अपोजिटको हिरोइन बारे सोध्दा जीवनले जानकारी नभएको प्रतिक्रिया दिए ।

 

निर्देशक शरदले 'सिसा' क्यारेक्टरका लागी कलाकार सरिता गिरीदेखी करिश्मा मानन्धर सम्मलाई एप्रोच राखेका थिए । सरितालाई फिल्म निर्माणको औपचारिक घोषणा कार्यक्रममा सिसा क्यारेक्टर भनेर परिचय गराइए पनि अन्त्यमा निर्देशक शरदले नयाँ अनुहारलाई लिएका छन् । यो फिल्मको अहिले सिक्किममा सुटिङ भईरहेको छ ।