Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

फर्किईन् मञ्जरी, ढाट्नेसँग ढुकुटीको खेल

फिल्मीखबर, काठमाण्डौ, 2013/06/20

गणेश देव पाण्डे निर्देशित फिल्म मञ्जरीले पुनः रिलिजको अवसर पाएको छ । शुक्रबार (असार ७) फ्रेस फिल्म कम हुने भएपछि मञ्जरीलाई चावहिल स्थित गोपिकृष्ण हलमा पुनः प्रदर्शन गराउन लागिएको हो ।

 

गोपिकृष्ण हलका म्यानेजर प्रदीप दाहाल भन्छन्- 'हिन्दी तथा नेपाली फिल्मको चापले गर्दा मञ्जरीले राम्रो कलेक्सन गर्दा गर्दै उतार्नु परेको थियो । राम्रो प्रतिक्रिया पाएको फिल्मले व्यापार पनि राम्रै गर्ला भन्ने आशाले दोस्रो पटक प्रदर्शन गर्न लागिएको हो ।' उनले फिल्म अन्तराललाई पनि पुनः प्रदर्शन गर्ने योजना भैरहेको जानकारी दिए । मञ्जरीमा गौरव पहारी र सुजता कोइरालको प्रमुख भुमिका छ । विभिन्न संघ संगठनले गरेको जिल्ला बन्द र अन्य फिल्मसँगको प्रतिस्पर्धाले मञ्जरीको व्यापार उत्साहजनक हुन सकेको थिएन ।

 


ढाट्नेसँग ढुकुटीको खेल


कानुन विपरित गोप्य रुपमा खेलिने खेल 'ढुकुटी' र एक अर्कालाई झुक्याउँदा आउने नकारात्मक घटनाक्रमलाई मुख्य विषयवस्तु बनाइएको फिल्म 'ढुकुटी' र 'अप्रिल फुल' पनि भोली (असार ७) देखी नै अलनेपाल प्रदर्शनमा आउँदैछन् ।

 

भद्र भुजेलको निर्देशनमा तथा टिकाराम विष्टको लगानी रहेको 'अप्रिल फुल'मा सुमिना घिमिरे, कुमार लामिछाने, बिनोद न्यौपाने, मनोज लामिछाने, महिमा सिलवाल, किरण न्यौपाने, देशभक्त खनालको मुख्य अभिनय छ । यो फिल्म काठमाण्ठौ र मोफसलका स्टेशनबाट प्रदर्शनमा आउने बताइएको छ । यो फिल्मले आफ्ना नजिकका साथीहरुलाई ढाँटेर रमाईलो गर्ने अप्रिल फस्टको लापरवाहीले जीवनमा कति ठुलो समस्या ल्याउँछ भन्ने कथा उठाएको छ ।

 

डिके पुन मगरको निर्देशन तथा शुशिला बुढाको निर्माण रहेको फिल्म 'ढुकुटी'मा भने झरना थापा, प्रिया रिजाल, राजन लामिछाने, धिरेन शाक्य लगायतको अभिनयलाई देख्न सकिन्छ । रेशम सापकोटाको लेखन रहेको यो फिल्ममा रञ्जीत गजमेरको संगीत रहेको छ । रियल लाईफमा नै नेपाली कलाकारले पनि ढुकुटीमा मोटै रकम गुमाएको फिल्मी बजारमा चर्चा चल्ने गरेको छ ।


दोस्रो हप्तामा कर्कश


बन्द र वर्षाको चपेटामा परेको  कर्कश देशका मेजर स्टेशनमा दोस्रो हप्तामा पनि प्रदर्शन हुनेछ । निर्देशक आशिफ शाहका अनुसार यो फिल्म काठमाडौका क्युएफएक्स, गुण, गोपी, अष्ट, एफक्युव र मोफसलका मेजर स्टेशनमा रिलिज हुनेछ । अशिम शाहको लगानी रहेको यो फिल्ममा सुरज सिंह ठकुरी, दयाह्याङ राई, सत्यराज आचार्य, रेमनदास श्रेष्ठ, राजेन्द्र खड्गी लगातको अभिनय देख्न सकिन्छ । कर्कशले लगानी रिकभर गर्ने पक्का भैसकेको निर्माता अशिम शाहको रिपोर्ट छ । एक हप्तामा यो फिल्मले पचास लाख प्लसको व्यापार गरेको वितरक नरेन्द्र महर्जन बताउछन् ।