Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजबल्लभको रोमण्टिक ड्रामा `राघव`

फिल्मीखबर, काठमाण्डौ, 2013/06/20

फिल्म नेपालमा मात्र हैन बिदेशी भुमीमा पनि धमाधम बन्ने लहर चलेको छ । दिन प्रतिदिन नयाँ नयाँ मेकर र कलाकारहरूको उदय भईरहेको यो फिल्म उधोगको व्यवसाय भने धरापमा पर्दै गएको छ । तरपनि फिल्म बन्ने काम भने रोकिएको छैन ।


यहि क्रममा लामो समयदेखि अमेरिकामा रहेर फिल्म सम्बन्धी अध्ययनसँगै केहि सर्ट फिल्म र म्युजिक भिडियो निर्माण तथा निर्देशन गर्दै आएका भुपेन्द्र भट्टराई पनि फिचर फिल्म निर्देशनमा आउँदैछन् । अभिनेता राजबल्लभ कोईरालाको राजबल्लभकोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट3फिल्म्सको सहकार्यमा अण्डरग्राउड टाकिज नेपालको प्रोडक्सन रहने फिल्म 'राघव'लाई अमेरिकामा नै तयार गरिनेछ ।

 

 

आफ्नी प्रेमिकाबाट बिछोडिएपछि उक्त सम्बन्धबाट बाहिर निस्कन राघवले नयाँ सम्बन्ध शुरू गर्दाको इमोश्नल जर्नीलाई भुपेन्द्रले आफ्नो कथामा उतारेका छन् । अधिकांश नयाँ अनुहारलाई लिएर निर्माण गर्न लागिएको रोमाण्टिक ड्रामा 'राघव'मा मुख्य भुमिकामा डेब्यू गर्दै शिबिर पोखरेल र अस्मिता ढकाल देखिनेछन् ।  यस्तै फिल्ममा अशिष्मा नकर्मी, बसन्त भट्ट, गीता अधिकारी, रकेन व्यञ्जकार र केट ब्रासेलको पनि मुख्य भुमिका रहने बताईएको छ । अभिनेता कोईराला भने निर्माताको रूपमा मात्र रहने छन् ।

 

 

निर्देशनमा डेब्यू गर्न लागेका भुपेन्द्रकै लेखन रहने 'राघव'को करिब ९० प्रतिशत सुटिङ अमेरिकामा र बाँकि १० प्रतिशत सुटिङ नेपालमा हुने बताईएको छ । फिल्ममा संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहनेछ । आनन्द महर्जनको पब्लिसिटी डिजाईन रहने यो फिल्मको लागत १५ हजार डलर रहने निर्देशक भट्टराईले जानकारी गराए । फिल्मको सुटिङ जुलाई र अगस्टको विचमा गरिने बताईएको छ ।

 

 

पहिलो पटक निर्माताको रूपमा जम्प गर्न लागेका अभिनेता कोइरालाले राम्रो मेकरलाई प्रोत्साहन गर्न लगानी गर्न कस्सिएको बताए । फिल्मीखबरसँग कुरा गर्दै अभिनेता कोईरालाले भने- 'अबदेखि बर्षमा कम्तिमा पनि दुई वटा फिल्म निर्माण गर्छु ।' फिल्म निर्माण कसैसँग प्रतिष्पर्धा गर्ने नभई क्वालिटी फिल्म निर्माणका लागि हुने उनको भनाई छ ।