नायिका सुमिना घिमिरे पछिल्लो समय बिबादसँगै निकै उत्तेजक सिनमा उपस्थित हुन थालेकी छिन् । नाईन ओक्लक फिल्ममा हट सिन दिएकी सुमिनालाई दर्शकले लभ फरेभरमा झनै उत्तेजक रूपमा देख्न सक्नेछन् ।
मार्केटमा आफू चल्न हो या दर्शकलाई चलाउन सुमिना धक नमानी खुलेको देखिन्छ । लभ फरेभरको प्रोमो र एउटा गीत सार्वजनिक भएलगत्तै सुमिनाको चर्चा चुलियो । हुनत यसअघि पनि सुमिनाको चर्चा नचुलिएको छैन तर पनि नाईन ओक्लक पछि सुमिनालाई चर्चामा ल्याएको फिल्म 'लभ फरेभर' नै हो ।
असार १४ गते रिलिज हुन लागेको लभ फरेभरको पुन: अर्को गीत मिडियामा छाएको छ । 'लिउँ मजा लिउँ मजा...' बोलको गीतमा सुमिना नायक गजित बिष्टसँग निकै रोमान्टिक भएकी छिन् । निर्देशक शंकर आचार्यले फिल्म भल्गर नभएको दाबि गरिरहँदा दर्शकलाई भने सुमिनाले तताउने अनुमान प्रस्तुत गीतबाट पनि लगाउन सकिन्छ ।

